राष्ट्रिय युवा संघले शुरु गर्यो देशव्यापी बृहत् राष्ट्रिय वृक्षरोपण कार्यक्रम

पछिल्लाे समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

घटेको हवाई भाडा आजदेखि लागू, कुन ठाउँको कति (सूचीसहित)

२२ चैत,काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट...

आज २०७९ साल चैत २१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको आयोजना तथा ललितपुर जिल्ला कमिटीको व्यवस्थापनमा ‘देशव्यापी बृृहत् राष्ट्रिय वृक्षरोपण कार्यक्रम, २०७८’ को शुभारम्भ भएको छ। कमिटीका इन्चार्ज तथा नेकपा एमालेका नेता महेश बस्नेतले आज गोदावरी नगरपालिका–२ विशङ्खुको कोटडाँडास्थित भीमेश्वर मन्दिर परिसरमा अमलाको बिरुवा रोपेर उक्त कामको शुभारम्भ गरे।

सो अवसरमा उहाँले वृक्षरोपणले दैनिक जीविकोपार्जन र वातावरण सन्तुलनका साथै खाद्यान्न आपूर्तिको समेत आवश्यकता पूरा गर्दै आएकाले सङ्घ सो कार्यमा अघि बढेको बताए। मुलुकभर रहेका वन उपभोक्ता समितिहरुसँग सङ्घले सहकार्य गरी फलफूल तथा औषधिजन्य जडीबुटीको संरक्षण गर्दै उज्यालो शहर बनाउने कामको थालनी गरेको उनको भनाइ छ।
वन तथा जैविक विविधता जोगाउनु असल मानवको दायित्व हो भन्दै उहाँले प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न रुखबिरुवाले निकै सहयोग गर्ने बताए। कमिटीका अध्यक्ष किरण पौडेलले प्राकृतिक सम्पदा तथा वन्यजन्तुको संरक्षण गर्नु असल व्यक्तिको कर्तव्य रहेकाले मुलुकका पर्यटकीय तथा विद्यालय आसपास अनि खुला क्षेत्रमा उदाहरणीय तवरले सबैले देख्ने र भोग्ने गरी काम गर्ने बताए।

विशङ्खुको सो मन्दिर परिसरमा एक हजार २०० बोट भूगोल सुहाउँदा फलफूल तथा औषधिजन्य जडीबुटी रोपिएका छन्। सङ्घले शुक्रबारदेखि थालेको सो कार्यक्रम आउँदो साउन ८ गतेसम्म अर्थात २२ दिन निरन्तर अघि बढाइने योजनाअनुरुप ललितपुर जिल्लाभर कूल पाँच हजार बिरुवा रोपिनाका साथै मुलुकभर कूल तीन लाख बिरुवा रोपिने भएको जानकारी गराइएको छ।

वृक्षरोपणको काम काठमाडौँ उपत्यकाको साँगादेखि गोदावरीसम्मका खाली तथा प्राकृतिक जोखिम रहेका क्षेत्रमा फूल, कपुर, लप्सी लगायतका बिरुवा लगाएर हराभरा बनाइने सङ्घको धारणा छ।

श्रोत – नेपालि पब्लिक अनलाईन

Advertisement

लोकप्रिय

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।