“सभामा ताली बजाएर अरु अरु कुरा गर्ने ?”

पछिल्लाे समाचार

सङ्घीयता कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ, २३ कात्तिक । मधेस–प्रदेश सरकारका मुख्यमन्त्री र सत्तागठबन्धनका नेतासहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सङ्घीयता कार्यान्वयनका सम्बन्धमा...

अनुचित लाभ लिनलाइ २३ लाख भन्दा बढ़ी रकमको चेक लियो पाठक

 नेपाल स्वयं सेवक संघ मधेश प्रदेश फोकल पर्सन पूजा पाठक तिमिल्सिनाले मेचीमहाकाली बुहारी संयुक्त आवाज केंद्रीय कार्यालय झापाले लगाएको आरोप गलत र...

रौतहटमा जसपा नेपालको शुभकामना आदानप्रदान तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

अरविन्द कुमार यादवरौतहट ,१८ कार्तिक ।जनता समाजवादी पार्टी नेपालको देवाही गोनाही नगरपालिकामा शुभकामना आदानप्रदान ,बृहत पार्टी प्रवेश तथा संगठन बिस्तार अभियान कार्यक्रम...

धनुषा प्रहरीको नियन्त्रणमा खसीको मासु भनि बाख्राको मासु वेचने मानिस

धनुषा ,१७ कार्तिक ।धनुषामा खसीको मासु भनी बाख्राको मासु बिक्रीवितरण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।चेकजाँच गर्ने क्रममा जिल्ला धनुषाको क्षिरेश्वर...

रौतहट प्रहरीको नियन्त्रणमा १३९ बोरा ,पिकअप गाडी सहित चालक

अरविन्द कुमार यादवरौतहट ,१७ कार्तिक ।गौर नगरपालिका वर्डा नम्बर ७ बाट भन्सार छली गरी लग्दै गरेको गहुँ...

हेटौंडा–मकवानपुरको उत्तरपश्चिम क्षेत्रमा पर्ने कैलाश गाउँपालिकाले असार १० गते नै गाउँसभा सुरु गरी नयाँ बजेट पारित गरेको र बनसम्बन्धि विधेयकमात्र पारित गर्न बाँकी रहेको जनाएको छ ।

वडाध्यक्षहरुले बैठक बहिष्कार गरेपछि गाउँसभाबारे ती वडाध्यक्षहरुले गरेको टिप्पणीको कुनै अर्थ नभएको भन्दै पालिका अध्यक्ष टंकबहादुर मुक्तानले भने–उहाँहरु आफंै हस्ताक्षर गरेर गाउँसभामा ताली बजाएर बजेट पास गर्ने, अनि अरुअरु कुरा गर्दै हिँड्ने ? उहाँहरुले हस्ताक्षर गर्नुभएको छ । गाउँसभाको फोटो र भिडियो छ ।

पालिका अध्यक्ष मुक्तानले स्थानीय सरकार सञ्चालन ऐन, गाउँसभा सञ्चालन कार्यविधिमा टेकेर कार्यपालिका बैठकले पारित गरेको नीति तथा कार्यक्रम, बिनियोजन विधेयक, आर्थिक बिधेयक पारित गरेको र प्रमाणीकरण भएको दाबी गरे ।

“विधि, पद्धति र प्रक्रियाअनुसार गाउँसभामा नीति तथा कार्यक्रम, बिनियोजन विधेयक, आर्थिक बिधेयक असार १० गते उपाध्यक्षज्युले प्रस्तुत गर्नुभएको हो । प्रस्तुत कार्यक्रम तथा विधेयकहरुमा दफावार छलफल गरी त्यही दिन टुंग्याइएको हो,” उनले भने–गाउँसभामा सबै सभासद् उपस्थित भएर ताली बजाएर पारित गरिएको हो ।
उनका अनुसार बजेट, नीति तथा कार्यक्रमहरु गाउँसभामा प्रस्तुत हुनुअघि कार्यपालिकाले असार ८ गते पारित गरी गाउँसभामा लैजाने सिफारिस गरेको हो । त्यसअघि जेठ २७ गते कार्यपालिकाको बैठक बसेर सर्वसम्मत्रुपमा असार ५ गतेभित्र सबै वडाका योजनाहरु पेश गर्न सर्वसम्मत्रुपमा निर्णय भएको थियो ।
“तर, ५ गतेभित्र केही वडाले बजेटको सूची दिएनन् । ढिला गरी योजनाको सूची आयो र ८ गते कार्यपालिका बैठक बसरी गाउँसभामा सिफारिस ग¥यौं,” उनले भने–पछि पो थाहा भयो, योजना ढिला आउनको कारण त । नेकपा एमालेका केही व्यक्तिले गाउँपालिकामा योजना पेश नगर्न वडाध्यक्षहरुलाई दबाब दिएका रहेछन् । तीनै व्यक्तिहरुद्वारा अन्तिमसम्म वडाध्यक्षहरुलाई उचाल्ने काम भइरह्यो । २७ गतेको कार्यपालिका बैठक बहिष्कार गर्नेमा तीनै व्यक्तिहरुको मुख्य भूमिका देखियो ।
बैठक बहिष्कार गराएर प्रक्रिया अघि नबढेपछि अविरल वर्षाका कारण गाउँका बाटो अबरुद्ध भएर जनता गाउँमै थुनिएर बसिरहँदासमेत बाटो सुचारु गर्ने निर्णय गर्न अप्ठ्यारो प¥यो भने वडाका कयौं योजनाहरुको भुक्तानी प्रक्रिया अबरुद्ध भएको उनको गुनासो छ । “वडा–९ स्थित कालिका माध्यमिक विद्यालयमा बजेट अभावका कारण शिक्षकले तलब भुक्तानी नपाएको समस्या पनि बैठक बहिष्कार भएपछि समाधान हुन सकेन,” उनले थपे । नीति तथा कार्यक्रमलाई आधार मानी वडाबाट प्राप्त योजनाहरुलाई गाउँसभामा पारित गरिएको भन्दै उनले पारित योजनाको सूची पनि सार्वजनिक गरिसकिएको स्पष्ट पारे ।
असार १० गते सुरु भएको गाउँसभाबाट बन विधेयक पारित हुन बाँकी थियो । त्यसलाई छलफलका लागि पेश गरिएको थियो । त्यसका अलावा वडाध्यक्ष वा कार्यपालिका सदस्यहरुले भनेजस्तै केही योजनाहरुको शुद्धाशुद्धी, सम्पादनलगायत विषय बाँकी थिए । ती सबै कुरालाई समेटेर २८ गते गाउँसभा समापन गर्ने र त्यसअघि २७ गते कार्यपालिका बैठक बस्ने सल्लाह भएको उनले स्मरण गरे ।
“यसबीच अविरल बर्षा भयो । हामी हेटौंडाबाट चुनियाँको बाटो हुँदै वडाध्यक्षहरुसहित बाटो निर्माण गर्दै र पहिरो हटाउँदै ढिला गरी कार्यपालिका कार्यालय पुग्यौं । स्वभाविकरुपमा एकदिनमा कैलाश गाउँपालिकाको कार्यपालिका बैठक सम्पन्न हुन सक्दैन । भूगोलका हिसाबले टाढाबाट आउनुपर्ने कार्यपालिका सदस्यहरु बास नबसी हुँदैन । त्यसैले २७ गतेको कार्यपालिका बैठक बाटो बिग्रेर ढिला पुगेकाले र अन्य आन्तरिक तयारी कम भएकाले समयमै सुरु हुन सकेन । समयमै सुरु नभए पनि बास बस्नु त पर्छ नै भोलिका लागि । भोलिपल्ट विहान कार्यपालिका बैठक सकाएर त्यसपछि गाउँसभामा जान पनि सकिन्थ्यो ।
“वडाध्यक्षहरुलाई नेकपा एमालेकै केही अमूक मान्छेहरुले कान फुकेछन्, नेगेटिभ कुरा सिकाएछन् । त्यही बहकाउमा उहाँहरु लाग्नुभयो र कार्यपालिका बैठक बहिष्कार गरिएको चिठी प्रमुख प्रशासकीय अधिकृतलाई थमाएर हिँड्नु भएछ,” उनको कथन छ ।
कार्यपालिका बैठक नबस्दा कतिपय महत्वपूर्ण कुराहरु कार्यपालिकाले निर्णय गर्नुपर्ने थिए । भुक्तानीका कामहरु थिए । अबिरल वर्षाले सबै गाउँका बाटाहरु भत्केका थिए, गाउँलेहरु गाउँमै थुनिएका थिए । त्यसको सहजीकरण नीतिगत् निर्णय गराएर गर्नुपर्ने थियो । केही क्रमागत् योजनाका कुराहरु थिए । काम गरेका भुक्तानीहरु लिनुपर्ने केही कामहरु बाँकी थिए ।
यस्ता समस्याहरुको समाधानका लागि वडाध्यक्षज्युहरु गम्भीर भएर धैर्य गरिदिनु भएको भए हुने थियो । तर कसै कसैको बहकाउमा परेर बैठक छाड्नुभयो । वडाध्यक्षहरुलाई बैठक बस्न नदिएर भड्काउनेहरुले के पाए कुन्नि ? तर, गाउँलेहरुले दुःख पाएका छन् ।

लोकप्रिय

सङ्घीयता कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ, २३ कात्तिक । मधेस–प्रदेश सरकारका मुख्यमन्त्री र सत्तागठबन्धनका नेतासहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सङ्घीयता कार्यान्वयनका सम्बन्धमा...

अनुचित लाभ लिनलाइ २३ लाख भन्दा बढ़ी रकमको चेक लियो पाठक

 नेपाल स्वयं सेवक संघ मधेश प्रदेश फोकल पर्सन पूजा पाठक तिमिल्सिनाले मेचीमहाकाली बुहारी संयुक्त आवाज केंद्रीय कार्यालय झापाले लगाएको आरोप गलत र...

रौतहटमा जसपा नेपालको शुभकामना आदानप्रदान तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

अरविन्द कुमार यादवरौतहट ,१८ कार्तिक ।जनता समाजवादी पार्टी नेपालको देवाही गोनाही नगरपालिकामा शुभकामना आदानप्रदान ,बृहत पार्टी प्रवेश तथा संगठन बिस्तार अभियान कार्यक्रम...