काभ्रेका प्रनाउ बने उत्कृष्ट प्रहरी

पछिल्लाे समाचार

सङ्घीयता कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ, २३ कात्तिक । मधेस–प्रदेश सरकारका मुख्यमन्त्री र सत्तागठबन्धनका नेतासहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सङ्घीयता कार्यान्वयनका सम्बन्धमा...

अनुचित लाभ लिनलाइ २३ लाख भन्दा बढ़ी रकमको चेक लियो पाठक

 नेपाल स्वयं सेवक संघ मधेश प्रदेश फोकल पर्सन पूजा पाठक तिमिल्सिनाले मेचीमहाकाली बुहारी संयुक्त आवाज केंद्रीय कार्यालय झापाले लगाएको आरोप गलत र...

रौतहटमा जसपा नेपालको शुभकामना आदानप्रदान तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

अरविन्द कुमार यादवरौतहट ,१८ कार्तिक ।जनता समाजवादी पार्टी नेपालको देवाही गोनाही नगरपालिकामा शुभकामना आदानप्रदान ,बृहत पार्टी प्रवेश तथा संगठन बिस्तार अभियान कार्यक्रम...

धनुषा प्रहरीको नियन्त्रणमा खसीको मासु भनि बाख्राको मासु वेचने मानिस

धनुषा ,१७ कार्तिक ।धनुषामा खसीको मासु भनी बाख्राको मासु बिक्रीवितरण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।चेकजाँच गर्ने क्रममा जिल्ला धनुषाको क्षिरेश्वर...

रौतहट प्रहरीको नियन्त्रणमा १३९ बोरा ,पिकअप गाडी सहित चालक

अरविन्द कुमार यादवरौतहट ,१७ कार्तिक ।गौर नगरपालिका वर्डा नम्बर ७ बाट भन्सार छली गरी लग्दै गरेको गहुँ...

हेटौंडा–जेठ २४ गते काभ्रेको बनेपा नपा वडा–७ स्थित अरनिको राजमार्गमा भएको सवारी दुर्घटनामा सूक्ष्म अनुसन्धान गरी घटनामा संलग्न रहेकासहितलाई पक्राउ गर्न सफल मानिएका प्रहरी नायव उपरीक्षकलाई असार महिनाका उत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभेको दरबन्दीका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीयढंगबाट सम्पादन गरेको भन्दै उत्कृष्ट प्रहरी घोषणा गरिएको बागमती प्रदेश प्रहरी हेटौंडाले जनाएको छ ।

उनले रामेछाप उमाकुण्ड गापा वडा–१ बस्ने वर्ष ४५ का दोर्जे शेर्पालाई ना. ४ च ४०६९ नम्बर माज्दा गाडीसहित असार २५ गते पक्राउ गर्न सफल भएको, असार ३ गते काभ्रेको पाँचखाल नपा वडा–६ बस्ने माधव घिमिरेले पत्नी तथा ६ वर्षका छोराको हत्या गरी फरार भएको घटनामा अनुसन्धान गर्न सफल भएको, वीपी राजमार्गको लासकोट र माम्ती खोलामा आएको बाढीपहिरोका कारण अवरुद्ध सडक सुचारु गर्न सहयोग गरेको प्रहरीले जनाएको छ ।

सोही समयमा खोटाङ बस्ने आशा राईले सवारीसाधनमा शिशु जन्म दिएकोमा उनी र शिशुको उद्धार गरी धुलिखेल अस्पतालमा समयमै उपचारका लागि ल्याउन सफल भएको, कोरोना महामारी संक्रमणको अवस्थामा विभिन्न सरोकारवालासंग समन्वय गरी अक्सिजन उपलब्ध गराउनु, स्वास्थ्य सामग्री व्यस्थापनलगायत प्रहरी परिचालनमा प्रभावकारी भूमिका निर्वाह गरेको र बिभिन्न मुद्धाका ११ फरार प्रतिवादीलाई असारमा पक्राउ गरी अदालतमा पेश गर्न सफल भएको उल्लेख गरिएको छ । उनीबाट सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीलाई प्रोत्साहित गर्न प्रनाउ खतिवडालाई असारको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको हो ।

लोकप्रिय