माओवादी निकट अखिल नेपाल खेलकुद महासंघमा अधिकारी सहित ४९ सदस्य चयन

पछिल्लाे समाचार

सर्लाही –पौष ०८ नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघ सर्लाहीको अध्यक्षमा विष्णु अधिकारीको अध्यक्षतामा ४९ सदस्यि समिती चयन भएका छन् ।

हरिपुरस्थित नेपाल रेडक्रस सोसाइटीको सभा हलमा सम्पन्न महासंघको प्रथम जिल्ला सम्मेलनबाट लालबन्दि नगरपालिका वडा नं.१७ रानिगन्जका अधिकारी सहित ४९ सदस्यि समिती सर्वसम्मत रुपमा चयन भएका हुन् ।

महासंघको उपाध्यक्षमा जितबहादुर लामिछाने, सचिवमा पूर्ण राना मगर, कोषाध्यक्षमा कमला लुंगेली मगरसहित ४९ सदस्यीय जिल्ला कमिटी घोषणा भएको माओवादी कार्यकर्ता घमराज श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीका नेता तथा लालबन्दी नगरपालिका–१६ का वडाध्यक्ष गणेश बहादुर थापाको अध्यक्षता, खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाको प्रमुख आतिथ्यता र पार्टीका जिल्ला संयोजक कमल बुढाथोकीको आतिथ्यतामा अखिल नेपाल खेलकुद महासंघको जिल्ला भेला सम्पन्न भएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय