विपन्न बालबालिकालाई न्यानो स्वेटर

पछिल्लाे समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

घटेको हवाई भाडा आजदेखि लागू, कुन ठाउँको कति (सूचीसहित)

२२ चैत,काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट...

आज २०७९ साल चैत २१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

राधेश्याम कुशवाहा, ११ माघ सर्लाही ।।
सर्लाहीको गोडैताको सरस्वती विद्यालयमा अध्ययतरत १२५ बालबालिकालाई न्यानो स्वेटर वितरण गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति, सर्लाहीले गोडैता नगरपालिका वार्ड न. ५ रामवन स्थित श्रीमती सरस्वतीदेवी कुशवाहा सामुदायिक आधारभूत विधालयमा अध्ययनरत गरिब, दलित तथा अतिविपन्न परिवारका बालबालिकालाई कठयाग्रिदों चिसोबाट बच्न एक कार्यक्रमका बिच न्यानो स्वेटर वितरण गरेको छ ।

तराई मधेसको शितलहरबाट प्रभावित भएका गरिव, असहाय र विपन्न परिवारका सरस्वती विद्यालयकोे पूर्व प्राथमिक÷बालविकास र कक्षा–१ बालबालिकालाई जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसार्ईं र निमित्त इकाइ प्रमुख सुनिल कुशवाहाले विद्यालयमै एक कार्यक्रमको बिच संयूक्त रुपमा हस्तानान्तरण गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी थनेश्वर गौतमले तराई मधेसमा विगत केही दिनदेखि जारी बाक्लो हुस्सुसंगै जारी शितलहरबाट सबै विद्यार्थीहरु लगायत आम नागरिकहरु समेत प्रभावित भएको बताउनुभयो ।
यस्तो विषम परिस्थितिमा जाडोबाट बच्न सबै बालबालिकालाई न्यानो स्वेटर आवश्यक छ, उनले भने । हामीसंग भएको सिमित स्रोत, साधनका कारण सबै बालबालिकालाई न्यायो स्विटर वितरण नसकिएको हो । आम नागरिकको घर आगँनको स्थानिय सरकारले समेत यस्ता कार्यहरुलाई प्राथमिकतामा राखेर गरुन भन्ने उदेश्यले स्विटर वितरण गरिएको बताउनु्भयो ।

तराईमा कठ्यांग्रिदो जाडो तराईमा बर्सेनि शितलहरका कारण कतिपय निम्न आय भएका मानिसहरुले ज्यान गुमाउने गरेका छन्। त्यस्तो अवस्था आउन नदिन मानिसहरुले घरभित्रै बस्नुपर्ने, आगो ताप्नुपर्ने, उपलब्ध न्यानो कपडाहरु लगाउनुपर्ने र कुनै समस्या देखिए तत्कालै स्वास्थ्य चौकी जानुपर्ने लगायत सुझाए । उहाँले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको तीब्र गतिमा फैलिरहेकाले समुदाय स्तरमा फैलिनबाट रोक्न र भयावह स्थिति सृजना हुन नदिनसबै नागरिक सुरक्षा मापदण्ड पालन गर्न आह्वान समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले शान्ति सुरक्षा, लागू औषध नियन्त्रण, विपद् उद्दार, फरार प्रतिवादी पक्राउ र सीमावर्ती अपराध नियन्त्रणमा प्रतिवद्व रहेको बताउनुभयो । उहाँले भविष्यका देशका कर्णधार युवा पिढीलाई लागू औषधको कुलतबाट टाढा राख्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख सुनिल कुशवाहाले सरकारले भौतिक रूपमा विधालयको पठनपाठन मात्र बन्द गरेकोले उक्त अवधिमा वैकल्पिक शिक्षण सिकाइ प्रक्रियाबाट निरन्तर विधार्थीहरूको सिकाइ अभिवृद्धिमा जुटन शिक्षकहरूलाई आग्रह गर्नु भएको छ । कार्यक्रममा विधालयले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाईं र कम्प्युटर अपरेटर मुकेश कुमार यादवलाई मायाको चिनो, दोसल्ला, खादा र अविर लगाएर सम्मान गरेको छ ।

विधालयका प्रधानाध्यापक रामप्रकाश महतोले स्वागत मन्तव्य राखे थियो भने शिक्षक शंकर महतोले कार्यक्रम सञ्चालन गर्नु भएको थियोे ।
कार्यक्रम प्रजिअ थानेश्वर गौतमको अध्यक्षता, प्रउ कृष्ण प्रसाईंको विशिष्ट आतिथ्य, निइप्र सुनिल कुशवाहा, जिप्रका कम्प्यूटर अपरेटर मुकेश कुमार यादव, लेजोसं अनिल कुमार साह, समाजसेवी हिरानन्द महतो, किशोरी महतो, रामजी महतो, शिक्षाप्रेमी जय नारायण महतो, विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, संचारकर्मी लगायत स्थानियवासीहरुको समेत उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

Advertisement

लोकप्रिय

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।