बसबरिया गाँउपालिका भित्रका सबै मुलसडक पक्की, स्थानिय हर्षित ।

पछिल्लाे समाचार

मुकेश मिश्र ।मलङ्गवा , फाल्गुन ०८ गते । बसबरिया गाँउपालीका भित्रका सबै मुल सडक पक्की निर्माण भएको छ ।
बसबरिया गाँउपालिका भित्र पर्ने सबै मुल सडक र धेरैजसो सहायक सडकहरु ढलान गरी पक्की बनाउने कार्य सम्पन्न भएको बसबरिया गाँउपालिकाका अध्यक्ष राम अयोध्या यादवले बताउनुभएको हो ।

गाँँउ भित्रका सडकहरुलाई पक्की ढलान गर्ने र गाँउ–गाँउ जोडने मुख्य सडकहरुलाई कालोपत्रे गरिएको उहाँले बताउनु भएको छ ।

सडक जिर्ण हुँदा निकै सास्ती खेप्दै आएको स्थानिय लाई बाटो पक्की ढलान निर्माण भएपछी आउजाउ सहज भएको गाँउपालीका प्रमुख यादवको बुझाई छ ।

उहाँका अनुसार बसबरिया गाँउपालीका भित्र पर्ने सबै वडामा सडक विकाश अत्यन्त जरुरी भएका कारण आफु लगायत सबै वडाका वडाध्यक्षहरुले सडक निर्माणमा जोड दिएकै कारण गााँउपालिका भित्र करिब १३ कि.मि. सडक निर्माण भएको बताउनुभयो ।

सडक ढलान तथा कालोपत्रे गर्नका लागी विभिन्न निर्माण कम्पनि सँग सम्झौता गरी तिव्र रुपमा, समयसिमा भित्र नै सबै सडक निर्माण भएको योजना प्रमुख उमेश यादवले बताउनुभयो ।

गाँउपालीका क्षेत्र भित्र पर्ने सडकहरुलाई गाँउमा १८ फिट चौडाई ढलान र गाँउ बाहिरका सडकहरुलाई ३० फिट कालोपत्रे गरिएको गाँँउपालिकाका नि.प्रशासकिय प्रमुख राम प्रकाश यादवले बताउनुभयो ।

विकाश अनुदानको रु. १० करोड ६६ लाखको लागतमा करिब १३ कि.मी. लामो पक्की सडक निार्मणका भएको नि.प्र.प्रमुख यादवले जानकारी दिनुभयो ।

वर्षौदेखि कच्ची र जिर्ण अवस्थामा रहेका सडकहरु पक्की निर्माण भएपछी स्थानियहरु खुशि भएको बसबरिया गाँउपालीका वडा नं.२ का राम सागर यादवले बताउनुभयो । बाटो फराकीलो र पक्की बनेपछी सबैमा खुशीको लहर दौडेको यादवले बताउनुभयो ।

वर्षाको महिनामा हिलो र सुख्खा मौसममा धुलो बाट सास्ती खेप्दै आएको स्थानिय लाई सडक निर्माण भएपछि सो समस्या बाट आफुहरुलाई राहत पुगेको वडा नं.३ का राम विलाश महतोले बताउनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय