सर्लाहीमा परीक्षा मर्यादित र अनुशासित बनाउन शिक्षा इकाईले जारी गरे ४७ बुँदे आचारसंहिता

पछिल्लाे समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

घटेको हवाई भाडा आजदेखि लागू, कुन ठाउँको कति (सूचीसहित)

२२ चैत,काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट...

आज २०७९ साल चैत २१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

राधेश्याम कुशवाहा, ०७ वैशाख सर्लाही । माध्यमिक शिक्षा परीक्षा (एसइइ), २०७८ सञ्चालन तथा व्यवस्थापनका लागि केन्द्राध्यक्षहरूसँगको १ दिने अभिमुखीकरण कार्यक्रम ४७ बुदें आचारसंहिता जारी गर्दै सम्पन्न भएको छ ।

२०७८ सालको कक्षा १० को अन्त्यमा हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ)लाई स्वच्छ, निष्पक्ष, मर्यादित, व्यवस्थित, अनुशासित, विश्वसनीय, र भय रहित बातावरणमा सुसम्पन्न गर्न जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीको मिति २०७९/०१/०७ गतेको निर्णयानुसार शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले आचारसंहिता जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, सर्लाहीको सभा हलमा शिक्षा विकास तथा समन्वय इकाइको आयोजनामा भएको केन्द्राध्यक्षसँगको १ दिने अभिमुखीकरणमा परीक्षाको तयारी अन्तिम चरणमा पुगेको इकाइ कार्यालयले बताए ।

कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो ।

यही २०७९ बैशाख ०९ गतेदेखि २० गतेसम्म संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा सर्लाहीमा जिल्ला भरका १० हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन । जसमध्ये ५३३८ जना छात्रा र ५०८३ जना छात्र रहेका छन । जसमा नियमित तर्फ १० हजार ३०१ र ग्रेडवृद्धि तर्फ १२० जना रहेका छन । जिल्लाका ९५ सामुदायिक र ४३ संस्थागत गरि जम्मा १३८ माध्यमिक विधालयका विधार्थीहरू परीक्षामा सहभागी हुदैछ । जसमध्ये प्राविधिकधार तर्फका ३०९, खुला विधालयका ५५ र गृहणी विधालयका १८ जना विधार्थीहरू रहेको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका निमित्त इकाइ प्रमुख सुनिल कुशवाहाले जानकारी दिए । उनले यस वर्ष पनि दृष्ट्रिविहिन विद्यार्थी परीक्षामा सहभागी हुने बताए ।

कुशवाहाका अनुसार जिल्ला परीक्षा समन्वय समितिबाट केन्द्राध्यक्ष तोकिएको र केन्द्राध्यक्षको यस अभिमुखीकरणले एसइइ परीक्षा सञ्चालन व्यवस्थापन र सम्पादनमा ठूलो सहयोग पुग्ने बताए । उनले अभिमुखीकरणबाट परीक्षा सञ्चालन, व्यवस्थापन र सम्पादनमा सहजता हुने अपेक्षा राखे ।

परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका जिल्लामा आइसकेको र बैशाख ८ गते भित्र सबै केन्द्रमा पुर्याइ सकिने कुशवाहाले बताए । जिल्लामा ३६ वटा परीक्षा केन्द्र रहेका छन भने प्राविधिक धारको परीक्षा सदरमुकाममा रहेको श्रीमती कृष्णादेवी माविबाट मात्र संचालन बताए ।

विगतको वर्ष झै यस वर्ष पनि परीक्षा केन्द्र रहेको सम्बन्धित विधालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्षमा नियुक्ति गरिएको छ । परीक्षामा प्रतिकेन्द्र एक जना केन्द्राध्यक्ष गरि जम्मा ३६ जना केन्द्राध्यक्ष, विधार्थी संख्याको आधारमा ७३ जना सहायक केन्द्राध्यक्ष, ५२२ जना निरीक्षक, १०३ जना परीक्षा सहायक , २१० जना विधालय सहभागी र प्रतिकेन्द्र १५ जना सुरक्षाकर्मी खटिनेछ ।

शिक्षा तथा समन्वय इकाइ सर्लाहीले जारी गरेको ४७ बुँदे आचारसंहिता यस प्रकारका छन ।

१. माध्यमिक शिक्षा उतीर्ण (एस.एल.सी.) परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०६८ (संशोधन सहित) ले व्यवस्था गरे अनुसार हुने गरी सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षा लगायतको सम्पूर्ण व्यवस्था मिलाउने ।
२. कोभिड–१९ को प्रभावलाई मध्यनजर राखी परीक्षा केन्द्रमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आवश्यक व्यवस्था मिलाउने ।

३. परीक्षा सुरु हुनुभन्दा कम्तीमा ४५ मिनेट अगाडि नै सिट प्लानको सूचना कोठाबाहिर टाँस गर्न लगाउने ।

४. परीक्षा सुरु हुनुभन्दा ३० मिनेट अगाडि परीक्षा कोठाहरु खोल्ने व्यवस्था मिलाउने ।

५. कोठामा पस्नुभन्दा अगाडि परीक्षार्थीलाई प्रतिबन्धित कागजात (चिट, गाइड, किताब, नोटबुक, मोबाइल) तथा अवाञ्छित बस्तुभए अनिवार्य रुपमा बुझाउन लगाउने ।

६. परीक्षा कार्यक्रम अनुसार सिलबन्दी प्रश्नपत्रको प्याकेट प्रहरी कार्यालय वा प्रहरी चौकीबाट विषय र परीक्षा मितिसमेत एकिन गरी प्रहरी सुरक्षासाथ परीक्षा केन्द्रमा परीक्षा सुरु हुनुभन्दा १ घण्टा अगावै लैजाने व्यवस्था मिलाउने ।

७. परीक्षा सुरु हुने समय भन्दा ३० मिनेट अगाडि गोपनीयता भङ्ग नहुने गरी सहायक केन्द्राध्यक्ष र निरीक्षक, सुरक्षा निकायमा प्रतिनिधि लगायत कम्तीमा ५ जनाको रोहवरमा सिलबन्दी यथावत रहेको जाँची हस्ताक्षर गराई प्रश्नपत्रको प्याकेट खोल्न लगाउने ।

८. प्रश्नपत्र नपुग हुने देखिएमा जिल्ला परीक्षा समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइलाई जानकारी गराई विद्यालय परिसर भित्र सुरक्षित रुपमा तत्काल फोटोकपी गर्ने त्यसका लागि विद्यालयमा फोटोकपी मेसिन र प्रिन्टरको आवश्यक व्यवस्था मिलाई राख्ने ।

९. कुनै विषयको परीक्षार्थी भएको तर प्रश्नपत्रको प्याकेट नभएको अवस्थामा सर्वप्रथम शिक्षा विकास तथा समन्वय इकाइ, शिक्षा विकास निर्देशनालय र परीक्षा नियन्त्रण कार्यालय,कक्षा १० मा सम्पर्क राख्ने, सो सम्भव नभए स्थानीय विषय शिक्षकबाट तत्काल प्रश्न बनाउन लगाई परीक्षा लिने र १।१ प्रति प्रश्नपत्र शिक्षा विकास तथा समन्वय इकाइ, शिक्षा विकास निर्देशनालय, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० र सम्बन्धित उत्तरपुस्तिकाको पोकोमा अनिवार्य रुपमा राखी पठाउने ।

१०. प्रश्नपत्रको सिलबन्दी प्याकेट खोलिएको संख्या जायज नठहरिएमा स्थानीय विषय शिक्षकबाट छुटै प्रश्नपत्र निर्माण गराइ परीक्षा सञ्चालन गर्ने र सर्वप्रथम शिक्षा विकास तथा समन्वय इकाइ, शिक्षा विकास निर्देशनालय र परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी, भक्तपुरमा जानकारी गराई १।१ प्रति प्रश्नपत्र उत्तरपुस्तिका पोकामा राख्ने ।

११. परीक्षाको समयावधि प्रश्नपत्रमा लेखिएअनुसार हुने गरी परीक्षा सञ्चालन गर्ने ।

१२. परीक्षार्थीहरुको नामथर, जन्ममिति लगायतका विवरण भएको मेमो, कन्ट्रोल लिष्ट संशोधन गर्नुपर्ने भएमा परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी, भक्तपुरमा पठाउने ।
१३. परीक्षाको अघिल्लो दिन परीक्षा केन्द्रका कर्मचारीहरुले पालना गर्नेपर्ने कर्तव्य र दायित्व सम्बन्धी जानकारी केन्द्रध्यक्षले दिने ।

१४. पहिलो दिन परीक्षा सुरु हुनुभन्दा ३० मिनेट आगाडी परीक्षार्थीहरुले आ–आफ्नो सिटमा बसेपछि परीक्षार्थीहरुले पालना गर्नुपर्ने दायित्व र कर्तव्यबारे निरीक्षक मार्फत जानकारी गराउने ।

१५. प्रवेशपत्र नलिई आउने कुनै पनि परीक्षार्थीलाई परीक्षामा बस्न नदिइने तर ल्याउन छुटेका कारण तथा हराएको विशेष परिस्थति सिर्जना भएमा शिक्षा विकास तथा समन्वय इकाइबाट प्रमाणित प्रतिलिपि प्रवेशपत्र समेत प्राप्त नभएको अवस्थामा १ पटकका लागि केन्द्राध्यक्षले सबै परीक्षार्थीहरुबाट परीक्षा सञ्चालन पूर्व संकलन गरेको फोटोकपी प्रवेशपत्रलाई आधार मानी परीक्षामा बस्न अनुमति दिइने ।

१६. कुनै परीक्षार्थीले प्रवेश पत्र हराएको भनी निवेदन दिएमा सम्बन्धित विद्यालयको प्र.अ. वा शिक्षकले परीक्षार्थीको फोटो र हस्ताक्षर प्रमाणित गरी रु. ५० लिई आएमा शिक्षा विकास तथा समन्वय इकाइले अस्थायी प्रवेश पत्र दिने र सो राजश्व खातामा जम्मा गर्ने ।

१७. परीक्षार्थीले पाउने मुल तथा थप उतरपुस्तिकामा सम्बन्धित कोठाको निरीक्षकको दस्तखत अनिवार्य रुपमा गर्न लगाउने ।

१८. परीक्षा फाराम नं. १२ मा उल्लेख भएको सिम्बोल नम्बर अनुसार उत्तरपुस्तिका रुजु गरी नियमित, ग्रेडवृद्धि र प्राविधिक समूहको छुट्टा छुट्टै कपडाको थैलो बनाई त्यसमा केन्द्रको नाम, ठेगाना, परीक्षा मिति, विषय र उत्तरपुस्तिका संख्या लेखी तोकिएको स्थानमा बुझाउने ।

१९. हाजिरी अनुसार उपस्थित परीक्षार्थी संख्या, उत्तरपुस्तिका संख्या रुजु गर्ने र हाजिरी अनुसार उत्तरपुस्तिका संख्या कम भएमा कुन सिम्बोल नम्बरको उत्तरपुस्तिका हराएको वा नभएको हो मुचुल्का गराई शिक्षा विकास तथा समन्वय इकाइ र परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० मा समेत सोको जानकारी दिने र समष्टिगत फारममा समेत कैफियत अनिवार्यरुपमा जनाउने ।

२०. निष्काशन भएका वा विषय रद्द भएका परीक्षार्थीहरुको उत्तरपुस्तिकाहरु केन्द्राध्यक्षले के कारणले निष्काशन तथा रद्द गर्नु परेको हो, कैफियत लेखी हस्ताक्षर गरी छुट्टाछुट्टै पोकामा राखी सिधै परीक्षा नियन्त्रण कार्यालयमा पठाउने व्यवस्था गर्ने ।
२१. जुन दिनको परीक्षाको उत्तरपुस्तिका हो सोही दिन तयार हुने उत्तरपुस्तिकाको पोकामा राख्ने । छुटेको भनी अन्य दिनको पोकामा नराख्ने तर कारागार, बाल सुधार गृहबाट परीक्षा दिने परीक्षार्थीको उत्तरपुस्तिका सबै दिनको परीक्षा सकिए पछि छुट्टै पोका बनाई सोझै शिक्षा विकासा तथा समन्वय इकाइ मार्फत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० मा पठाउने । साथै नियमति र ग्रेडवृद्धि परीक्षा दिने परीक्षार्थीको छुट्टाछुट्टै पोका बनाउने समष्टिगत हाजिरी पनि फरक फरक बनाउने ।

२२. परीक्षार्थीहरूले परीक्षाको समयमा अनिवार्य रूपमा प्रवेशपत्र साथमा राख्ने र प्रवेशपत्रमा उल्लेखित निर्देशनहरू तथा एसएलसी परीक्षा संचालन तथा व्यवस्थापन निर्देशिका २०६८ संशोधन समेतमा भएका परीक्षार्थीले पालन गर्नुपर्ने आचारसंहिताको पालना गर्ने ।

२३. विद्यालयबाट सम्मिलित परीक्षार्थीहरू अनिवार्य रूपमा विद्यालयको नियमित पोशाकमा आउनु पर्ने ।

२४. परीक्षार्थीहरू अनुशासित एवम् मर्यादित रूपमा परीक्षा हलमा उपस्थित हुनु पर्ने अन्यथा परीक्षाबाट निष्काशित गर्ने

२५. परीक्षार्थीहरूले परीक्षामा शान्तपूर्वक सहभागी हुने एवम् कुनै पनि किसिमको होहल्ला, गफ र छलफल गर्ने नदिने।

२६. . केन्द्राध्यक्षले परीक्षा केन्द्र रहेको विधालयमा अपुग हुने सहायक केन्द्राध्यक्ष तथा निरीक्षक नियुक्ति गर्दा सम्वन्धित केन्द्रमा परीक्षार्थी समावेश नभएका नजिकको विद्यालयका प्राथमिक तहका शिक्षकहरूमध्येबाट विश्वासिलो, अनुशासित र सक्षम शिक्षकलार्इ मात्र नियुक्त गर्ने ।

२७. सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र विधालय सहयोगी कर्मचारीलार्इ परीक्षा अवधिभर परिवर्तन गर्न नपाइने । विशेष कारण परेर परिवर्तन गर्नु पर्ने भएमा शिक्षा विकास तथा समन्वय इकाइसंग अनिवार्य रूपमा समन्वय गरेर मात्र गर्ने ।

२८. सम्बन्धित परीक्षा केन्द्र रहेको विद्यालयमा विगत वर्षदेखि काम गर्दै आएका विधालय सहयोगी कर्मचारीलाई सहयोगी कर्मचारीका रूपमा राख्ने ।

२९. केन्द्र, प्रदेश, जिल्ला परीक्षा समन्वय समिति वा स्थानीय तहबाट अनुगमनमा आउने पदाधिकारी वा अनुगमनकर्तालार्इ सम्बन्धित निकायको पत्र वा परिचय पत्रका आधारमा मात्र परीक्षा केन्द्रमा प्रवेश गराउने ।

३०. केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र विधालय सहयोगी कर्मचारीहरूले स्पष्ट रूपले देखिने गरी परिचय–पत्र अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था गर्ने ।

३१. केन्द्राध्यक्षले एउटै निरीक्षकलाई दिनदिनै दोहोर्याएर एउटै कक्षामा नराख्ने ।

३२. केन्द्राध्यक्षले निरीक्षक सूची (Invigilators list) स्पष्ट रूपमा देखिने गरी टाँस गर्ने गराउने ।

३३. परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्ष, एक जना सहायक केन्द्राध्यक्ष र एक जना परीक्षा सहायक बाहेकका परीक्षामा खटिएका सहायक निरीक्षक, निरीक्षक, परीक्षा सहायक, विधालय सहयोगी वा परीक्षार्थीहरूलाई मोवाईल फोन लगायत कुनै पनि किसिमको विद्युतीय उपकरण (सामान्य क्यालकुलेटर बाहेक) साथमा राख्न तथा प्रयोग गर्न निषेध गर्ने तथा केन्द्राध्यक्ष, एक जना सहायक केन्द्राध्यक्ष र एक जना परीक्षा सहायकको मोवाइल फोन पनि भाइबे्रसन (Vibration) वा साइलेन्स (Silence) मा राख्ने, राख्न लगाउने तथा मोबाइल खुल्ला राखिएको पदाधिकारीको मोबाइल नं शिक्षा विकास तथा समन्वय इकाइलार्इ अनिवार्य उपलब्ध गराउने ।

३४. परीक्षाको मर्यादा उल्लङघन भएमा शिक्षा ऐन, २०२८ को दफा १७ (१क) बमोजिम कारवाही (कसुरको मात्रा हेरी बढीमा ६ महिना सम्म कैद वा एक लाख रूपैया सम्म जरिवाना वा दुवै सजाय) हुने व्यहोरा जानकारी गराउने ।

३५. . केन्द्राध्यक्षले बसाई व्यवस्था गर्दा एउटा बेन्चमा बढीमा २ (दुई) जना परीक्षार्थी रहने गरी कक्षा (हल) मा एउटै विद्यालयका परीक्षार्थी मात्र नरहने र एउटा बेञ्चमा समेत एउटै विद्यालयका परीक्षार्थीहरू नरहने गरी केन्द्रमा रहेका सवै विद्यालयका परीक्षार्थीहरू मिसिने गरी (छ्यासमिस पारेर गर्ने गरी) व्यवस्था गर्ने गराउने । कुनै कारणले एउटा कक्षा (हल) मा एउटै विद्यालयका परीक्षार्थी पर्ने अवस्था भएमा क्रमाङ्कको क्रम छ्यासमिस पर्ने गरी बसाई व्यवस्था गर्ने गराउने ।

३६. केन्द्राध्यक्षले सम्बन्धित परीक्षा (हल) कक्षा मै परीक्षार्थी, उत्तरपुस्तिका तथा प्रवेशपत्र भिडाई उत्तरपुस्तिकामा दस्तखत गर्ने ।

३७. केन्द्राध्यक्षले अनुगमनकर्ता परीक्षा केन्द्रमा प्रवेश गरेको अवस्थाको कुरा परीक्षाको मर्यादा विपरीत हुने गरी कसैले पनि कुनै पनि माध्यमबाट संकेत नगर्ने, नगराउने ।

३८. होस्टल, कोचिङ्ग कक्षा जस्ता शैक्षिक संस्था सञ्चालक व्यवस्थापकहरूलाई परीक्षा सञ्चालनमा सहभागी नगर्ने, नगराउने ।

३९. परीक्षा नियन्त्रण कार्यालयको मापदण्डमा तोकिएको संख्या भन्दा बढी संख्यामा सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक एवं सहयोगी कर्मचारी नराख्ने ।

४०. निरीक्षक तोकिएको हल (कक्षा) भन्दा अन्य हलमा प्रवेश गर्न नहुने र नपाइने ।

४१. परीक्षा समाप्तिपछि विद्यार्थीले बुझाएको उत्तरपुस्तिका निरीक्षक स्वयंले बुझ्ने र डेस्कमा राखेर जान नपाईने ।

४२. विधालय सहयोगी परीक्षा शुरु हुनु भन्दा कम्तीमा आधाघण्टा पहिला नै परीक्षा केन्द्रमा प्रवेश गर्ने । परीक्षा केन्द्रबाट परीक्षा अवधिमा बाहिरिएको खण्डमा निजलार्इ पुनः केन्द्रमा प्रवेश नगर्ने नगराउने ।

४३. केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक,परीक्षा सहायक र सहयोगी लगायतका परीक्षा सञ्चालनमा संलग्न हुने सम्पूर्ण पदाधिकारीहरूलाई आआफ्नो भूमिका उच्च सर्तकता एवम् चनाखो भई निर्वाह गर्ने, गराउने ।

४४. जिल्लास्तरबाट परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्ष र केन्द्राध्यक्षले खटाएका सहायक केन्द्राध्यक्ष, निरीक्षक एवम् अन्य पदाधिकारीहरूबाट तोकिएको जिम्मेवारी पूरा भएको नदेखिएमा तत्काल कार्यवाही गरी वैकल्पिक व्यवस्था गर्ने, गराउने ।

४५. परीक्षा सम्बन्धी महत्वपूर्ण सूचना प्राप्त गर्नको लागि नोटिस बोर्ड सेवा नम्बर १६१८०१६६३११४६ संचालनमा रहेकोले उक्त नोटिसबोर्ड नम्बर डायल गरी सूचना प्राप्त गर्ने ।

४६. दृष्टिविहिन परीक्षार्थीहरुका लागि अनिवार्य गणित विषयको प्रश्नपत्र जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीले निर्धारण गरेको परीक्षा केन्द्र नम्बर १ अर्थात श्री रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालय, बलरा नपा, सर्लाहीमा रहेकोले आवश्यक व्यवस्थापन गर्नु पर्ने ।

४७. विधालयको मुल ढोकाबाट विधार्थी प्रवेश गर्दाका बखत अनिवार्य रुपमा छात्रलाई पुरुष र छात्राई महिला सुरक्षाकर्मी वा शिक्षिकाबाट प्रतिबन्धित तथा अवाञ्छित वस्तु बुझाउन लगाउने ।

Advertisement

लोकप्रिय

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।