कृष्णनगरका अधुरो योजना पुरा गर्न रजत नै चाहिने

पछिल्लाे समाचार

कपिलवस्तु , बैशाख ९

स्थानीय तह निर्वाचनको माहोल तातिँदै गइरहेको छ । पाँच वर्ष कार्यकाल पुरा गरेका जनप्रतिनिधिहरु बाहिरिने र अर्को जनमत लिएर नयाँ जनप्रतिनिधिहरु तथा पालिका प्रमुखहरु आउने तयारीमा छन् । चुनावी माहोल नजिकिदै गर्दा कपिलवस्तुको कृष्णनगरको राजनितिमा चुनावी सरगर्मी बढेको छ ।

५ वर्षे कार्यकालमा नगरभित्र शिक्षा, स्वास्थ्य, खानेपानी , कृषि, यातायात, भौतिक सेवा सुविधा लगायतमा परिवर्तनको फड्को मारेको छ । नगर परिर्वतनको सन्तुष्टिले रजत प्रताप शाहलाई एक कार्यकाल दोहोराउने पक्षमा कृष्णनगर वासी लागेका छन ।

उम्मेदवारका आकांक्षीहरु सलवलाउन थालेका छन् । कृष्णनगरमा दर्जनौं नेताहरु नेतृत्वको होडमा छन् । केही पार्टीभित्र आन्तरिक लविङमा छन । गत स्थानिय तहको निर्वाचनमा स्वतन्त्र पदबाट उम्मेद्वार वनेर निर्वाचन जितेका रजत प्रताप शाह अहिले नेपाली कांग्रेशको मुलधार राजनितिमा छन । कांग्रेश कृष्णनगरले उनको नाम मेयर पदको लागि जिल्लामा सिफारिस गरेको छ ।

मृदुलभाषी , सरल एवं सानाे बच्चा समेत आफ्नाे कुरा राख्न सक्ने व्यवहारले गर्दा लाेकप्रियता बढेकाेले पनि शाहलाई नगरवासिले फेरी दोहोराउने चाहना गरेका छन । पाँच वर्षको कार्याकालमा जनताले विश्वास जितेका शाहलाई अझै एकपटक नगर प्रमुखको अवसर दिनु पर्ने कृष्षनगर नगरपालिका वडा न ४ का कृष्ण यादवले बताए ।
विकाश र परिवर्तनले पछि परेको कृष्णनगरमा शाहले धेरै परिवर्तन गरे केहि अधुरा र अपुरा कार्य छन तिनै कार्य पुरा गर्न भए पनि एक पटक रजत प्रताप नगर प्रमुखमा दोहोरीनु पर्ने कृष्णनगर ७ का करिम खानले बताए ।
त्यस्तै कृष्णनगर नगरपालिका वडा न २ का राधेश्याम रैदासले शाह नगर प्रमुखमा पुन दोहोरिन् पर्ने मुख्य कारण बाँकी रहेका काम पुरा गर्न र जनतामा उनीप्रति छरिएकाे भ्रम चिर्न सर्वसाधारणले शाहलाई एक पटक फेरि अवसर दिनैपर्ने बताए ।

नेपाली कांग्रेसमा प्रवेश गरेका शाह अहिले मेयरका लागि प्रमुख दाबेदार हुन । ५ वर्षे अनुभव र टोलटोलमा पुगेर राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय बनाएका शाहलाई कांग्रेसभित्र मेयरको बलियो दाबेदारको रूपमा लिइएको छ।

त्यस्तै नगर प्रमुख शाहले ‘धेरै काम त भएका छन् तर केही कामहरु समस्याका समाधान गर्न बांकि छन ती कामहरु पुरा गर्नका लागि आफुले एक कार्यकालको मात्र चाहना राखेको बताए ।
पहिलो अनुभवमै नगर विकासमा एतिहासिक काम भए, अर्को कार्याकाल पाए कृष्णनगरलार्ई देशकै उत्कृष्ट पालिका बनाउने योजनासहित लाग्ने बताए । नगरप्रमुख शाह भन्छन्- जिम्मेवार पदमा बसेपछि केही गुनासाहरु आउंछन नै तर बहुमतकाे कार्यपालिका नभएकै कारण काम गर्न अफ्ट्याराहरु बढी नै आएपनि मैले स्टैण्ड लिएर जनचासाेका कार्य गर्दै आएकाले दाेहिरिनुमा दुईमत छैन ।
प्रत्येक दिन जनताकाे बीचमा चाैबिसै घण्टा जनसेवामा समर्पित जनप्रतिनिधि र चुनावमा मात्र देखा पर्ने टुरिष्ट नेतालाई सबैले बुझिसके छन । सभार कपिलवस्तु टाइम्स डटकमl

spot_imgspot_img
spot_img

लोकप्रिय