बालविवाह विरुद्ध धर्मगुरु हरूको सामुहिक प्रतिबद्धता

पछिल्लाे समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

घटेको हवाई भाडा आजदेखि लागू, कुन ठाउँको कति (सूचीसहित)

२२ चैत,काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट...

आज २०७९ साल चैत २१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

कृष्णनगर, बैशाख १२

कृष्णनगर नगरपालिका अन्तर्गत धार्मिक संस्कारहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष भुमिका रहने धार्मिक गुरूहरूको बालविवाह विरुद्धको अभियानमा सामुहिक प्रतिबद्धता जनाएका छन् ।

युनिसेफ नेपालको सहयोग तथा कृष्णनगर नगरपालिका को आयोजना कृष्णनगर नगरपालिकामा संचालित बालविवाह निवारणमा धर्मगुरु हरूको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बालवालिका को उमेर समुह, बाल अधिकार , बालविवाह र यसका असर तथा कानुनी सजाय लगायतका विषयमा रहेर छलफल गरिएको थियो ।
सहभागीहरू बाट बालविवाह निवारणमा उनिहरूको भूमिका का बारेमा सुझाव संकलन गरि बालविवाह गर्ने गराउने कार्यमा संलग्न नहुने र कहि कतै भए गरेको थाहा पाएमा पालिका, प्रहरी तथा सम्बंधित निकायमा जानकारी गराउने सामुहिक प्रतिबद्धता जनाएको हो ।
कार्यक्रममा कृष्णनगर नगरपालिका भित्रका मौलवी, मौलाना, ज्योतिष तथा पंडित तथा कृष्णनगर नगरपालिका महिला तथा बालवालिका शाखा प्रमुख थुमा उपाध्याय तथा सिद्धार्थ सामाजिक विकास केन्द्रका आर. टी. खान ले सहजीकरण गर्नु भयो। कार्यक्रममा मौलाना मशहूद खां नेपाली, प्रेम कुमार शर्मा लगायत २० जनाको सहभागिता रहेको थियो l
साथै कृष्णनगर नगरपालिका स्तरीय बालविवाह निवारण समिति समेत गठन गरिएको छ l बीरेंद्र कुमार शुक्ल को संयोजकत्वमा ७ सदस्यि समिति गठन गरिएको छ जस्मा जहिर अहमद बरेलवी, अनुराधा गिरी, उमेश तिवारी, प्रदिप तिवारी, शैख जैस मक्की, अजय मिश्र लगायत रहेका थिए l

कार्यक्रममा बोल्दै मौलाना मशहूद खां नेपालीले बाल विवाह गर्नले आमा र बच्चा दुबैको ज्यानको खतरा, साथै शिक्षा पूर्णता न पाउने, उमेर परिपक्क न हुने हुदां बालविवाह कहि कतैबाट नहुनु पर्ने कुरामा जोड दिए l

Advertisement

लोकप्रिय

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।