राजेन्द्र महतो को गृह पालिकामा पराजित भएका लोसपा गोडैतामा विजयी ।।

पछिल्लाे समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

घटेको हवाई भाडा आजदेखि लागू, कुन ठाउँको कति (सूचीसहित)

२२ चैत,काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट...

आज २०७९ साल चैत २१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

राधेश्याम कुशवाहा,५ जेठ । सर्लाहीमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले पहिलो जित हासिल गरेको छ ।

गोडैता नगरपालिकामा लोसपाका मेयर पदका उम्मेदवार देवेन्द्र कुमार यादव र उपमेयरमा अंजना कुशवाहा पुनः दोस्रो पटक विजयी भएका हुन । यो जितसंगै राजेन्द्र महतो नेतुत्वका लोसपाले जिल्लामा खाता खोलेका हुन ।

निर्वाचित मेयर यादव ले आफनो निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार ओपेन्द्र प्रसाद कुशवाहा लाई ५ सय ४२ मतको फराकिलो अन्तरले पछि पार्दै विजयी भएका हुन ।

नगर प्रमुखमा निर्वाचित भएका यादवले ५ हजार २ सय ९४ मत प्राप्त गरे भने उपप्रमुखमा कुशवाहाले ५ हजार ३ सय १ मत प्राप्त गरिन ।

नगर प्रमुख यादका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र प्रसाद कुशवाहाले ४ हजार ७ सय ५२ मत प्राप्त गरे ।

त्यस्तै उप प्रमुख कुशवाहाको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामशखी देबीले ४ हजार ४ सय ९३ मत प्राप्त गरिन ।

गोडैता नगरपालिकामा जम्मा १२ वटा वडा रहेका छन । गोडैता नागरपालिका वार्ड न.१ र २ मा माओवादी केन्द्र का सुजित महतो र अजय प्रसाद साह, ३, ४, ५,७ र १२ मा लोसपाकै क्रमशः विजय प्रसाद यादव, राजा राम साह, प्रकाश गुप्ता, छोटेलाल दास र गुड्डु यादव,

६ र ९ मा नेपाली कांग्रेसकै सलेन्द्र कुशवाहा र दसैं सहनी, ८, १० र ११ मा एमालेका मिरेन्द्र झा, वैधनाथ मण्डल र विश्वनाथ पंडित विजयी भएका हुन ।

चन्द्रनगर गाउँपालिका लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो को गृह पालिका हो । जहाँ गत निर्वाचनमा महतो का जेठो दाई र प्रदेश सांसद ओपेन्द्र महतो का बुबा महेन्द्र महतो सुडी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

तर यो पालिकाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार राजकुमार महतो ले सुडीलाई भारी मत अन्तरले पछि पार्दै विजयी भएका हुन । सर्लाहीमा राजेन्द्र महतो नेतुत्वको लोसपाले गोडैता नगरपालिका बाहेक अरु कुनै पालिकामा अग्रता समेत कायम गर्न सकेका छैन, भने ओपेन्द्र यादव नेतुत्वको जसपाले भने बसबरिया र चक्रघटा गरि २ पालिका जित हात पार्न सफल भएका हुन ।

जिल्लामा २० वटा पालिका रहेकोमा १५ वटा पालिकाको मत परिणाम आईसकेका छन, जसमध्ये १० मा नेपाली कांग्रेस र ३ मा माओवादी केन्द्र विजयी भएका छन ।

Advertisement

लोकप्रिय

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।