बाराको जीतपुरसिमरा उपमहानगरपालिका फोहोर ब्यवस्थापनमा चुक्दै

पछिल्लाे समाचार

सङ्घीयता कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ, २३ कात्तिक । मधेस–प्रदेश सरकारका मुख्यमन्त्री र सत्तागठबन्धनका नेतासहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सङ्घीयता कार्यान्वयनका सम्बन्धमा...

अनुचित लाभ लिनलाइ २३ लाख भन्दा बढ़ी रकमको चेक लियो पाठक

 नेपाल स्वयं सेवक संघ मधेश प्रदेश फोकल पर्सन पूजा पाठक तिमिल्सिनाले मेचीमहाकाली बुहारी संयुक्त आवाज केंद्रीय कार्यालय झापाले लगाएको आरोप गलत र...

रौतहटमा जसपा नेपालको शुभकामना आदानप्रदान तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

अरविन्द कुमार यादवरौतहट ,१८ कार्तिक ।जनता समाजवादी पार्टी नेपालको देवाही गोनाही नगरपालिकामा शुभकामना आदानप्रदान ,बृहत पार्टी प्रवेश तथा संगठन बिस्तार अभियान कार्यक्रम...

धनुषा प्रहरीको नियन्त्रणमा खसीको मासु भनि बाख्राको मासु वेचने मानिस

धनुषा ,१७ कार्तिक ।धनुषामा खसीको मासु भनी बाख्राको मासु बिक्रीवितरण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।चेकजाँच गर्ने क्रममा जिल्ला धनुषाको क्षिरेश्वर...

रौतहट प्रहरीको नियन्त्रणमा १३९ बोरा ,पिकअप गाडी सहित चालक

अरविन्द कुमार यादवरौतहट ,१७ कार्तिक ।गौर नगरपालिका वर्डा नम्बर ७ बाट भन्सार छली गरी लग्दै गरेको गहुँ...

चैत०१ गते।अखिलेश कुमार यादव ।बारा ।

जीतपुरसिमरा उपमहानगरले आफ्नो नगरमा उत्पादन हुने फोहोर ब्यवस्थापन गर्न सकेको छैन जिल्लाका प्रमुख ब्यापारीक नगरका रुपमा परिचित जीतपुरसिमरा उपमहानगरपालिकामा उत्पादन भएका फोहोर ब्यवस्थापन हुन नसकेका कारण उपमहानगरका प्रमुख स्थाननै दुर्गन्धित हुदै जान थालेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको फोहोर नियमित रुपमा नउठने गरेका कारण पानीले फोहोर कुहियर हिडदा नाक थुन्नु पर्ने अवस्था रहेको र बिभिन्न किसिमको रोग बाट ग्रसित हुने गरेको स्थानीयहरुले बताएका छन् ।

फोहोर राख्ने डस्टबिनको बन्दोबस्त न भएको कारण जीतपुरसिमराको नाला सबै फोहोरले भरिएको छ । जथाभावी रुपमा रोड,नाला,पसल अगाडी फोहोर फालेको कारण जीतपुरमा पसलको अगाडी फोहोर फालेको कारण व्यवसाय नै संकटमा पर्न थालेको व्यवसायी ओबलेश अन्सारीले बताएको छ ।

रोडमा फोहोर फाल्ने गरेका कारण जीतपुरसिमरा भएर आवत जावत गर्नेहरुलाई समस्या रहेको छ । पछिललो पटक जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ ले आफ्नो वडा को बजेट बिनियोजन गरेर सरसफाई अभियानलाई तिब्र बनाएको थियो भने बजेट सके पछि जीतपुरसिमरा उपमहानगरपालिकाले अब फोहोर व्यवस्थापनमा लगातार चुक्दै आएको वडा न ७ को वडा अध्यक्ष सुनिल गुप्ताले बताउनु भएको छ ।

भित्रि नगर सफा भएपनि नगर भन्दा बाहिरका आसपासका क्षेत्रलाई सफा गर्न नसकेको र नगरबाट बाहिर जाने बाटोहरुको छेउछाउमा दैनिक रुपमा फालिएका फोहोरमैलाले सिमरा देखि जीतपुर र बिरगंज जाने बाटोको छेउछाउ नाकै थुनेर हिड्नु पर्ने बाध्यता रहेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले बजारक्षेत्रको फोहोरमैला ब्यवस्थापनको जिम्मेवारी बोकको र उपमहानगरकोे लापरवाही र ढिलासुस्तीका कारण बजार क्षेत्रमा त्यत्तिकै जथाभावी फोहोरमैला छरपस्ट रहेको छ ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला अधिकारि उपमहानगर फोहोर व्यवस्थापनमा अत्यन्त सजग गम्भीर रहेको र फोहोरको व्यवस्थापन आधुनिक बैज्ञानिक तरिकाले कसरि गर्न सकिन्छ भनेर र व्यवस्थित तरिकाले फोहोर बिसर्जन गरेको पालिकामा गएर अध्ययन गर्ने र अब छिटै फोहोर व्यवस्थापनको समस्या समाधान हुने बताएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाले फोहोर व्यवस्थापन र नाला निर्माणमा खासै चासो देखाउन नसकेकोले र स्थानीय जनतामा सरसफाई सम्बन्धी जनचेतनाको कमिले बारा जिल्लाको मुख्य बजार जीतपुर दुर्गन्धित हुदै जानथालेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले सकेसम्म बजार क्षेत्रमा उत्पादित फोहोरमैला ब्यवस्थापन कार्य गर्दै जानुपर्ने र उपमहानगरपालिका क्षेत्र भित्रका प्रमुख वजार क्षेत्रको फोहोरमैला ब्यवस्थित गर्न स्थानीय, विद्यालय, एनजिओ, क्लब, स्थानीय जनसरोकारवालले वातावरण संरक्षणको लागि हातेमालो गर्दै फोहोरमैलालाई ब्यवस्थापन गर्न सके जीतपुरसिमरा उपमहानगरपालिकालाई स्वच्छ र सुन्दर उपमहानगर बनाउन सकिन्छ ।

लोकप्रिय