चर्च ब्वाईजलाई जीतपुरसिमरा गोल्डकपको उपाधि

पछिल्लाे समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

घटेको हवाई भाडा आजदेखि लागू, कुन ठाउँको कति (सूचीसहित)

२२ चैत,काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट...

आज २०७९ साल चैत २१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

१९ चैत,सिमरा: हिमालयन शेर्पा क्लबलाई २–० ले स्तब्ध पार्दै चर्च ब्वाईज यूनाईटेडले बाराको सिमरा रङ्गशालामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ ।उपाधिसंगै चर्च ब्वाईजले दशलाख नगद र ट्रफी हात पार्यो भने उपविजेता हिमालयन शेर्पाले पाँचलाख रुपैयामा चित बुझायो ।

प्रतियोगितामा पहिलो पटक सहभागि चर्च ब्वाईजलाई जीतपुरसिमरा गोल्डकपको ट्रफी दिलाउने क्रममा कप्तान मिलन राई र आशिष चापागाँईले गोल गरे ।खेलको शुरुवातमै १० खेलाडीमा समेटिएको हिमाालयन शेर्पाले सिमराका समर्थक माझ जितका लागि अन्तिम सम्म संघर्ष गरेको थियो । खेलको छैठौं मिनटमा हिमालयन शेर्पाका दिवस उराव रातो कार्ड खाँदै मैदानबाट बाहिरीएका थिए । सेन्टरलाईनबाट बल अघि बढाउँदै शेर्पाको डि–एरिया प्रवेश गरेका चर्च ब्वाईजका रन्जित पान्द्रेलाई लडाएपछि हिमालयनका डिफेण्डर उरावलाई फिफा रेफ्रि नविन्द्र महर्जनले सिधै रातो कार्ड देखाएका थिए ।दश खेलाडीमा सिमीत बनेरपनि चर्च ब्वाईजलाई शेर्पाले पहिलो हाफको अन्तिम सम्म कडा चुनौति दिएको थियो । खेलको ३५ औं मिनटमा मिलन राईले फ्रि किक गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । डिबक्स बाहिरबाट कप्तान मिलन राईले गरेको प्रहार सिधै जाली चुमेको थियो । उनको प्रहारलाई रोक्न हिमालयन शेर्पाका गोल किपर किसोर गिरी असफल देखिए ।

दोश्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईले गोल गर्दै अग्रता दोब्बर बनाए । काउन्टर एट्याकमा आशिषले मैदानको मध्य भागबाट एक्लै बल अघि बढाउदै टीमका लागि दोश्रो गोल गरे ।विधागत पुरस्कार तर्फ पनि जीतपुरसिमरा गोल्डकपको उपाधि विजेता चर्च व्वाईजकै बर्चस्व रह्यो ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाईजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए उनले टिभीएस राइडर मोटरसाईकल प्राप्त गरे ।प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्चका युएस प्रिसो, डिफेण्डर फ्र्यांकलीन टाला, मिड फिल्डर सुवास गुरुङ र प्रशिक्षक प्रदिप हुमागाँई घोषित भए उनीहरुले समान २० हजार नगद प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट फरवार्ड हिमालयन शेर्पाका सुशिल राई घोषित भए । उनले २० हजार प्राप्त गरे । सर्वाधिक गोलकर्ता भरतपुर फुटबल क्लबका सुनील श्रेष्ठ घोषित भए उनले २० हजार नगद प्राप्त गरे । प्रतियोगिताको उदयमान खेलाडी नवजनजागृती यूवा क्लब सिमराका दिलीप माझी घोषित भए उनले नगद पन्ध्रहजार प्राप्त गरे । अनुशासाशित टिमको ट्रफी हेटौंडाको मकवानपुर ११ ले जित्यो । फाइनल खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका डिफेण्डर फ्र्यांकलीन टाला घोषित भएका थिए ।

जीतपुरसिमरा गोल्ड कपको हाल सम्मका उपाधि विजेता
२०७९ चर्च ब्वाइज युनाईटेड

२०७८ न्युरोड टिम एनआरटी

२०७७ संकटा क्लब

२०७५ थ्रीस्टार क्लब

२०७४ त्रीभूवन आर्मी

२०७३ संकटा क्लब

२०७२ विजय युथ क्लब हेटौंडा

२०७१ त्रिभुवन आर्मी क्लब

२०७० नव जनजागृति युवा क्लब सिमरा

२०६९ मनाङ मस्र्याङदी क्लब

२०६८ मनाङ मस्र्याङदी क्लब

२०६७ हिमालयन शेर्पा क्लब

२०६६ मजदुर सहिद स्मृति क्लब

Advertisement

लोकप्रिय

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।