मुख्यमन्त्री यादवद्वारा ‘बाटो पत्रकारिताको’ पुस्तक विमोचन

पछिल्लाे समाचार

सङ्घीयता कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ, २३ कात्तिक । मधेस–प्रदेश सरकारका मुख्यमन्त्री र सत्तागठबन्धनका नेतासहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सङ्घीयता कार्यान्वयनका सम्बन्धमा...

अनुचित लाभ लिनलाइ २३ लाख भन्दा बढ़ी रकमको चेक लियो पाठक

 नेपाल स्वयं सेवक संघ मधेश प्रदेश फोकल पर्सन पूजा पाठक तिमिल्सिनाले मेचीमहाकाली बुहारी संयुक्त आवाज केंद्रीय कार्यालय झापाले लगाएको आरोप गलत र...

रौतहटमा जसपा नेपालको शुभकामना आदानप्रदान तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

अरविन्द कुमार यादवरौतहट ,१८ कार्तिक ।जनता समाजवादी पार्टी नेपालको देवाही गोनाही नगरपालिकामा शुभकामना आदानप्रदान ,बृहत पार्टी प्रवेश तथा संगठन बिस्तार अभियान कार्यक्रम...

धनुषा प्रहरीको नियन्त्रणमा खसीको मासु भनि बाख्राको मासु वेचने मानिस

धनुषा ,१७ कार्तिक ।धनुषामा खसीको मासु भनी बाख्राको मासु बिक्रीवितरण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।चेकजाँच गर्ने क्रममा जिल्ला धनुषाको क्षिरेश्वर...

रौतहट प्रहरीको नियन्त्रणमा १३९ बोरा ,पिकअप गाडी सहित चालक

अरविन्द कुमार यादवरौतहट ,१७ कार्तिक ।गौर नगरपालिका वर्डा नम्बर ७ बाट भन्सार छली गरी लग्दै गरेको गहुँ...

जनकपुरधाम, ३ कार्तिक । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव र गृह, सञ्चार तथा कानूनमन्त्री मो. समिम लगायतका मन्त्रीहरुले संयुक्त रुपमा पत्रकारिता प्रशिक्षण सम्बन्धी पुस्तक विमोचन गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमका बीच शुक्रवार आमसञ्चार प्राधिकरणले प्रकाशन गरेको ‘बाटो पत्रकारिताको’ नामक पत्रकारिता प्रशिक्षण सम्बन्धी एकीकृत श्रोत पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचन गर्नुहुँदै मुख्यमन्त्री यादवले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिम, प्रशिक्षण लगायतका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
पत्रकारहरुले सत्यतथ्य र विश्वसनीयतालाई अझ सबल बनाउनुपर्ने आवश्यकता औंल्याउनुहुँदै वहाँले भन्नुभयो ‘राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो लेखिदिनुपर्छ, पत्रकार र मिडियालाई म सम्मान गर्छु, मिडियाले गलत कार्यलाई गलत लेखिदिएमा त्यसैलाई आधार मानेर कार्वाही गर्न प्रतिवद्ध छु ।’ सकारात्मक गतिविधि एवम् विषयवस्तहरुलाई समेत पत्रकारहरुले मिडियामा समुचित स्थान दिनुपर्नेमा वहाँले जोड दिनुभयो । पत्रकार र मिडिया क्षेत्रको प्रवद्र्धन सम्बन्धी कार्यहरु अगाडि बढाउन प्राधिकरणलाई निर्देशन दिनुहुँदै मुख्यमन्त्री यादवले आवश्यक बजेट अभाव पूर्ति गरिने विश्वास व्यक्त गर्नुभयो ।
गृह, सञ्चार तथा कानून मन्त्री समिमले प्राधिकरणले प्रकाशन गरेको ‘बाटो पत्रकारिताको’ नामक पत्रकारिता प्रशिक्षण सम्बन्धी एकीकृत श्रोत पुस्तकलाई बढी भन्दा बढी उपयोग गर्नुपर्नेमा जोड दिनुहुँदै शुभकामना व्यक्त गर्नुभयो । उक्त अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने, खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साह, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरेन्द्र प्रसाद सिंह, उर्जा, सिंचाई तथा खानेपानी मन्त्री सिंगासन सा कलबार, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव, श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंह समेतको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव र प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंहले प्राधिकरणको वार्षिक प्रतिवेदन समेत मुख्यमन्त्री यादव र गृह, सञ्चार तथा कानूनमन्त्री समिमलाई बुझाउनु भयो । ‘बाटो पत्रकारिताको’ नामक पत्रकारिता प्रशिक्षण सम्बन्धी एकीकृत श्रोत पुस्तकको लेखन नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष, राष्ट्रिय समाचार समितिका अध्यक्ष समेत रहनुभएका पत्रकारिताका वरिष्ठ प्रशिक्षक धर्मेन्द्र झाले गर्नुभएको छ । उक्त पुस्तकमा आधारभूत पत्रकारिता, टेलिभिजन पत्रकारिता, श्रब्यदृश्य छायाङ्कन तथा सम्पादन, रेडियो पत्रकारिता, फोटो पत्रकारिता र कृषि पत्रकारिता सम्बन्धी तालिम सञ्चालनका लागि निर्देशिका सहितको पाठ्यक्रम समावेश गरिएको छ ।

लोकप्रिय