बडा दशैको उपलक्ष्यमा संगम खबरको आयोजनमा पत्रकारिता विषयक अन्तरक्रिया तथा चियापान कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

सङ्घीयता कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ, २३ कात्तिक । मधेस–प्रदेश सरकारका मुख्यमन्त्री र सत्तागठबन्धनका नेतासहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सङ्घीयता कार्यान्वयनका सम्बन्धमा...

अनुचित लाभ लिनलाइ २३ लाख भन्दा बढ़ी रकमको चेक लियो पाठक

 नेपाल स्वयं सेवक संघ मधेश प्रदेश फोकल पर्सन पूजा पाठक तिमिल्सिनाले मेचीमहाकाली बुहारी संयुक्त आवाज केंद्रीय कार्यालय झापाले लगाएको आरोप गलत र...

रौतहटमा जसपा नेपालको शुभकामना आदानप्रदान तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

अरविन्द कुमार यादवरौतहट ,१८ कार्तिक ।जनता समाजवादी पार्टी नेपालको देवाही गोनाही नगरपालिकामा शुभकामना आदानप्रदान ,बृहत पार्टी प्रवेश तथा संगठन बिस्तार अभियान कार्यक्रम...

धनुषा प्रहरीको नियन्त्रणमा खसीको मासु भनि बाख्राको मासु वेचने मानिस

धनुषा ,१७ कार्तिक ।धनुषामा खसीको मासु भनी बाख्राको मासु बिक्रीवितरण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।चेकजाँच गर्ने क्रममा जिल्ला धनुषाको क्षिरेश्वर...

रौतहट प्रहरीको नियन्त्रणमा १३९ बोरा ,पिकअप गाडी सहित चालक

अरविन्द कुमार यादवरौतहट ,१७ कार्तिक ।गौर नगरपालिका वर्डा नम्बर ७ बाट भन्सार छली गरी लग्दै गरेको गहुँ...

रौतहट ,४ कार्तिक ।बड़ा दशैको अवसरमा संगम खबरको आयोजनामा पत्रकारिता विषयक अन्तरक्रिया तथा चियापान कार्यक्रम रौतहट जिल्लाको सदरमुकाम गौर सम्पन्न भएको हो।

उक्त कार्यक्रम सदरमुकाम गौर रौतहट जिल्ला अदालत बार एशोसिएशनको सभाहालमा शनिवार सम्पन्न भएको छ।

रौतहट जिल्लामा पत्रकारिता क्षेत्रमा देखिएका समस्याको समाधानको लागि छलफल गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केंद्रीय सदस्य शिव पूरीले जिल्लामा पत्रकारिता मूलधारबाट बाहिर रहेकोले सुधार गर्न चुनौती नै रहेको बताएका छन।

सामाजिक संजालको दुरूपयोग , पत्रकारिता पेशा प्रति गंभीरता नदेखाएको कारण रौतहटमा पत्रकार भनेर परिचय दिन सकिने अवस्था समेत नरहेको उल्लेख गरे । पत्रकारिता पेशामा आएका नया संचारकर्मीहरुलाई मर्यादित शिस्ट रुपमा पत्रकारिता गर्न आग्रह गरे ! उहाले भने पत्रकार समाजको आइना भएकोले कसैको खुसी पार्न कसैलाई बदनाम गर्ने कार्य नगर्नु , खोजमूलक ,अनुसन्धान मूलक ,सचेतना मूलक ,विकासमूलक पत्रकरिता गर्नु अहिलेको आवश्य्कता रहेको जोड़ दिए ।

नेपाल पत्रकार महासंघ रौतहटका पदाधिकारीको गल्तीको कारण नया सदस्य्तामा विबाद देखिएकोले विस्तारै समाधान हुने विस्वास व्यक्त गरे । इमान्दारिता पूर्वक कलम चलाउने पत्रकारलाइ महासंघको सदस्य्ता भए नभए केहि फरक नपर्ने भन्दै व्यावसायिक पत्रकारिता गरे महासंघले खोजेर सदस्य्ता दिने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झाले पत्रकरिता राजनितिक दल मुखी बढ़ी देखिएकोले जनता मुखी बनाऊंन अपील गरे । उहाले सामाजिक संजाल प्रयोग गर्दा कानून ,मान मर्यादालाइ ख्याल गर्नु पर्ने सुझाव समेत दिए ।

बरिष्ठ पत्रकार प्रभात कुमार झाले जाती पाती ,बर्न लिंग धर्मलाइ लक्षित गरेर लेख्दा पत्रकारिताको धर्म विपरीत हुने भएकोले त्यस्तो नगरी सत्य तथ्य र प्रमाणको आधारमा कलम चलाउन आग्रह गरे ।शव्दको प्रयोग शुद्ध रुपमा गर्नु पर्ने सुझाव दिदै कसैको चरित्र ह्त्या गर्ने कार्य कहिले पनि नगर्न अपील गरे । पूर्व अध्यक्ष शैलेन्द्र गुप्ताले विगतको अवस्थामाँ अहिले रौतहटको पत्रकारितामा देखिएको विकृति विसंगतिको कारण पत्रकारको मर्यादा गुम्दै गएको प्रति चिन्ता व्यक्त गरे । नेता मुखी पत्रकारिताले वास्तविक मुद्दा ओझलमा पर्दे गएको उल्लेख गर्दै व्यावसायिक पत्रकारिता गर्न जोड़ दिए ।

पूर्व अध्यक्ष रबिन्द्र प्रसाद साहले नेपाल पत्रकार महासंघको बर्तमान नेतृत्वको कारण रौतहटका क्रियाशील पत्रकार बिभेदको शिकार हुदै गएको टिपण्णी गरे । नेपाल पत्रकार महासंघ केंद्रीय कार्यालयले जारी गरेको १५ बुँदे मापदण्डलाइ पालना नगरी आफन्त ,नाता गोताका व्यक्तिलाइ प्राथमिकता दिएको आरोप समेत लगाए ।पत्रकारिता पेशामा लागेका जून सुकै समुदायका व्यक्ति भएपनि पत्रकार रहेकोले महासंघमा सहभागिता हुने अधिकार दिनु पर्ने जोड़ दिए । अधिकारबाट बंचित हुने कार्य गरे क्रियाशील पत्रकारले संघर्ष गर्ने चेतावनी समेत दिए ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व उपाध्यक्ष जय प्रकाश यादवले नेपाल पत्रकार महासंघ केंद्रीय कार्य समितिले नै जारी गरिएको १५ बुँदेलाइ धज्जिया उडाएको टिपण्णी गरे । पत्रकारिता पेशा अपनाएका लाइ बाईपास गरी राजनितिक , आफन्तलाइ नै प्राथमिकता दिने कार्य गरेकोले सुधार नगरे सम्म शुद्धिकरण अभियान सफल नहुने बताए ।

संचारकर्मी चंचल झाले सञ्चालन गरेको कार्यक्रममा सहभागी भएका रौतहटका संचारकर्मीलाइ स्वागत मंतव्य पत्रकार राकेश कुमार यादवले राखेका थिए।

दिनेश यादव संगमको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क का प्रत्यासी युवा नेता विक्रम यादव , जनता समाजवादी पार्टी नेपालका युवा नेता ललन कुमार साह , नेपाल पत्रकार महासंघ रौतहट शाखाका कोषाध्यक्ष धर्मेन्द्र साह , क्रियाशील पत्रकार भूषण सिंह ले आ आफ्नो विचार राखेका थिए।

लोकप्रिय

सङ्घीयता कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ, २३ कात्तिक । मधेस–प्रदेश सरकारका मुख्यमन्त्री र सत्तागठबन्धनका नेतासहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सङ्घीयता कार्यान्वयनका सम्बन्धमा...

अनुचित लाभ लिनलाइ २३ लाख भन्दा बढ़ी रकमको चेक लियो पाठक

 नेपाल स्वयं सेवक संघ मधेश प्रदेश फोकल पर्सन पूजा पाठक तिमिल्सिनाले मेचीमहाकाली बुहारी संयुक्त आवाज केंद्रीय कार्यालय झापाले लगाएको आरोप गलत र...

रौतहटमा जसपा नेपालको शुभकामना आदानप्रदान तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

अरविन्द कुमार यादवरौतहट ,१८ कार्तिक ।जनता समाजवादी पार्टी नेपालको देवाही गोनाही नगरपालिकामा शुभकामना आदानप्रदान ,बृहत पार्टी प्रवेश तथा संगठन बिस्तार अभियान कार्यक्रम...