नेपाल भारत सिमा क्षेत्रमा व्यापक तस्करी प्रहरीकै मिलोमतोमा

पछिल्लाे समाचार

सङ्घीयता कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ, २३ कात्तिक । मधेस–प्रदेश सरकारका मुख्यमन्त्री र सत्तागठबन्धनका नेतासहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सङ्घीयता कार्यान्वयनका सम्बन्धमा...

अनुचित लाभ लिनलाइ २३ लाख भन्दा बढ़ी रकमको चेक लियो पाठक

 नेपाल स्वयं सेवक संघ मधेश प्रदेश फोकल पर्सन पूजा पाठक तिमिल्सिनाले मेचीमहाकाली बुहारी संयुक्त आवाज केंद्रीय कार्यालय झापाले लगाएको आरोप गलत र...

रौतहटमा जसपा नेपालको शुभकामना आदानप्रदान तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

अरविन्द कुमार यादवरौतहट ,१८ कार्तिक ।जनता समाजवादी पार्टी नेपालको देवाही गोनाही नगरपालिकामा शुभकामना आदानप्रदान ,बृहत पार्टी प्रवेश तथा संगठन बिस्तार अभियान कार्यक्रम...

धनुषा प्रहरीको नियन्त्रणमा खसीको मासु भनि बाख्राको मासु वेचने मानिस

धनुषा ,१७ कार्तिक ।धनुषामा खसीको मासु भनी बाख्राको मासु बिक्रीवितरण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।चेकजाँच गर्ने क्रममा जिल्ला धनुषाको क्षिरेश्वर...

रौतहट प्रहरीको नियन्त्रणमा १३९ बोरा ,पिकअप गाडी सहित चालक

अरविन्द कुमार यादवरौतहट ,१७ कार्तिक ।गौर नगरपालिका वर्डा नम्बर ७ बाट भन्सार छली गरी लग्दै गरेको गहुँ...

अरविन्द कुमार यादव
कार्तिक, ९ रौतहट।नेपाल भारत सिमा क्षेत्रमा भन्सार छली चोरी निकासी पैठारी नियन्त्रण गर्न परिचालन गरिएको सुरक्षाकर्मीको मिलोमतोमा तस्करहरुले भारतबाट बिभिन्न नाकाबाट तस्करीको कार्य तिब्र पारेका छन्।
गौर भन्सार कार्यालयको मुख्य गेट देखी अन्य नाका प्रयोग गरेर तस्करले खुलेयाम रुपमा तस्करी गर्ने गरेको हो। भंन्सार सुरक्षा गार्ड तथा सशस्त्र प्रहरीको सहयोगमा भारतबाट भंसार छली गरेर किराना, कस्मेटिक, लता कपडा, चिनी, मेसनरी पार्ट पुर्जा लगायतका समानहरु तस्करी गरि नेपालमा भित्रि्याउने गरेको छ तस्करी, चोरी, निकासी पैठारीको कार्य नियन्त्रण गर्ने प्रतिब्द्धता जनाउने सुरक्षा निकायका प्रमुख कै इशारामा सरकारलाई आउने राजशब छली हुने गरेको हो।
नेपाल र भारतको सिमा क्षेत्रमा रहेका खटिने सशस्त्र प्रहरी र नेपाल प्रहरीको ग्रीन सिग्रल पाए पश्चात् त तस्करहरु तस्करीको कार्यको तिब्रता दिने गरेका हुन।
नेपाल र भारतको सिमामा पर्ने मितेरी पुल देखी बस पार्कसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठाउँ – ठाउँमा चेक प्वाइन्ट रहेपनी अवैध धन्दामा सकृय तस्करहरु आफ्नो कारोबारलाई सहजै प्रगति गर्न सफल भएका छन् ।
गौर भन्सार कार्यालयमा स्थापना भएको बोर्डर आउट पोस्ट भंन्सार , प्रहरी चौकी बंकुलका प्र ना नी जोगेन्द्र चौधरी, प्रहरी चौकी वेलविछवाका प्रसनी गणेश यादव, प्रहरी चौकीका प्रसनी राजेन्द्र यादव महुलिया लगायत जिल्ला प्रहरी कार्यालय गौर तथा सशस्त्र प्रहरी बल बन्कुल , रामपुरखाप , औरैया, मठिया, बेल्बिछवा , सशस्त्र प्रहरी बल नेपाल गणबाट समेत सादा पोसाकका साथै क्युआरटी टोलि परिचालन भएको भए पनि तस्करी नियन्त्रण गर्न सकेका छैन । सादा पोसाकका साथै क्युआरटी टोलिहरुलाई समेत लोभ्याउन सफल भएकै कारण तस्करी धन्दा मौलाउदै गएको स्थानीयहरुको भनाई रहेको।
मुलुक आर्थिक संकटबाट गुज्रिरहेको बेला सिमा नाकामा स्थापना गरिएको भन्सार कार्यालयबाट राजश्वमा ह्रास आउनु सिमा सुरक्षाको लागि खटिएका प्रहरी मुख्य दोषी देखिएको छ।
प्रहरी राजस्व नियन्त्रणको साटा आफ्नो कमाई खाने थालेको रूपमा तस्करी धन्दालाई रुपान्तरण गर्न सफल भएका छन् ।तस्करीको रकममा प्रहरी प्रशासनका कर्मचारीहरु साझको समयमा रमाउने गरेको छ ।बिगत लामो समयदेखि सादा पोसाकमा खटिएका प्रहरीहरुको सरुवा नहुँदा पनि तस्करी धन्दामौलाउदै गएको बुझिन्छ ।समयमा नै प्रहरी संगठनका उच्च अधिकारीहरुले तस्करी धन्दाको विषयमा निगरानी नबढाए अगामी दिनमा गौर भन्सारबाट उठने राजस्व समेत कमि आउने दुइमत नरहेको देखिन्छ ।

लोकप्रिय