धादिङ जिल्लाको थाक्रे गाउपालिका महादेवबेसीमा आयोजना भएको दोस्रो महादेवबेसी औद्योगीक पर्यटन तथा ब्यापार मेलामा सहभागीहरुको उत्साह जनक सहभागिता रहेको छ । माघ ११ गते देखी शूरु भएको महोत्सब २२ गते सम्म चल्ले आयोजकले जनाएको छ ।मेलामा १ सय ३५ स्टलहरु रहेका छन् । आयोजकका अनुसार ११ वटा बिभिन्न संघ सस्था बैकीङको लागि छुट्ईएको छ भने अन्य स्टलहरु ब्यवसायिक प्रयोजनका लागि छुछ्याईएको मेला संयोजक तारा कुमारी खड्काले जानकारी दिनुभयो । थाक्रे गाउँपालिका महादेवबेसीमा रहेका महिलाहरुको समुह उज्यालो भविश्य महिला समुहको मुख्य आयोजना तथा थाक्रे युवा समाज नेपालको सह आयोजनामा महोत्सव आयोजना भएको हो । मेला संयोजकका अनुसार ७० हजार अवलोकन कर्ताले यो मेला अवलोकन गर्नेछन् भने अवलोकनका लागि मरुभुमीमा पाईने जनावर ऊँट,बाल उद्यान,जादूगरका जादु लगाएतका स्टलहरु रहेकाछन् । मेलामा स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरुवाट सास्कृतिक कार्यक्रमहरु हरेक दिन हुदै आएको सास्कृतिक उपसमितिका संयोजक भरत बराकोटी बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here