२०७५माघ २५ घाटबेसी धादिङ । गजुरी गाउँपालिका र यस पालिका अन्तरगत रहेका क्रसर फीरफीरे तथा बालुवा खानि बिच अन्तरक्रृया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत , प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले, लेखा अधीकृत रामबहादुर सिंखडा , सुचना प्रविधि अधिकृत विवेक नेपाल , ईलाका प्रहरी कार्यलयका प्र.नि .नवराज ढुङ्गेल व. नं १का अध्यक्ष चुडामणी कडेल , व.नं १ का अध्यक्ष राजकुकार पण्डीत ,व .नं ५का अध्यक्ष रामचन्द्र मीजार , व.नं ६ का अध्यक्ष्य र्अजुन ब. मगर भुजेल ,लगाएत ५०जना व्यावसायीहरुको उपस्थीति रहेको थियो । उक्त कार्यक्रममा क्रसर तथा बालुवा व्यावसायीहरुले करोडौ लगानी गरेर पनी समाजमा तस्करी जस्तो गरी हिड्नु पर्ने ,पुलिस प्रशासन ,पत्रकार देखि डराएर हिड्नु पर्ने, यउटै प्रदेस अन्तरगत रहेर पनि अन्य जिल्लाहरुमा ढुङ्गा , बालुवा खोलानाला बाट निकासी भइरहदा उनीहरुसीत प्रतिस्प्रधा गर्न नसक्दा व्यावसाय नै धरापमा परेको गुनासो व्यातm गरेका थिए । उतm कार्यक्रममा बोल्दै बालुवा व्यावसायी के.वि .र्कमचार्यले १४÷१५ करोड रुपैया वार्षीक कर यहि व्यावसायबाट उठ्ने गरेपनि हामिलाई हेर्ने दृष्टीकोण राम्रो नभएको दुखेसो व्यातm गरे । यसै कार्यक्रममा बोल्दै व. नं २ का अध्यक्ष चुडामणी कडेलले व्यावसायी र पालिका बिचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने धारणा व्यातm गरे । व्यावसायीहरुले पनि आफ्नो नियम कानुन मा बस्न अनुरोध गर्दै कहि कतै अप्ठ्यारो परे पालिकाले समन्वय गर्ने कुरा कडेलले बताउनु भयो ।
यसै कार्यक्रममा बोल्दै गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले सम्पुर्ण क्रसर बालुवा व्यावसायीहरु पालिकामा दर्ता गर्न अनुरोध गर्दै, धमिलो पानि कुनै पनि हालतमा नदिमा नमिसाउन जोड दिनुभयो । साथै सम्पुर्ण व्यावसायहरुलाई खबर गर्न सम्भब नहुने हुदा सानो समिति बनाउन सुझाब दिनुभयो । जस्ले कुनै पनि समस्या आइपर्दा उतm समिति संग छलफल गरी छिटो र सहज तरिकाले निष्कर्षमा पुग्न सहज हुने धारणा व्यातm गर्नु भयो । उतm कुरालाई मनन गरी चाडैनै समिति बनाउने कुरा दिपक विक्रम बस्नेतले जानकारी गराउनु भयो ।