न जानु हैं विदेश नानी, आफ्नै देश काम गरि बस्नु

अरुको देखा देखिमा, कहिले नपर्नु ।।

स्वदेश मैं जे मिले, काम गर्वले गर्नु

बा–आमा, बहिनीलाई रुवाई स्वदेश नछाड्नु ।।

के हुन्छ, विदेशी डलर

हुन्न त्यहाँ, आफ्नो झै कलर ।।

जान्छु भनेर, झण्डा नगाड्नु

दुःखेको मनलाई, यति कै नतोडनु ।।

विदेश जाने, सपना कहिले नसोच्नु

यहिको फल खाई, अमिलो नभन्नु ।।

कहाँ मिल्छ तिमीलाई, सगरमाथा चुचुरो जस्तो

हरेक कुरा छ, संसार भन्दा यहाँ सस्तो ।।

हुन्न त्यहाँ, आफ्नो भन्ने जस्तो

दुःख परे, कोही नसुन्ने बात यस्तो ।।

हजारौं मान्छेको भिडमा, एकलो रमाउँछौं

नबुझने भाषाको बोली, जति कराउँछौं ।।

जसलाई देखि, आफैं डराउँछौं

मनले बोलेको बोली, आफुमैं हराउँछौं ।।

By Yudi Shah

Gaur-2, Rautahat

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here