सूर्योदय खबर १६, चैत्र२०७५

जितपुर(बारा) ,चैत १६ गते । डिभिजन वन कार्यालय सिमरा बाराका वन अधिकृतसहित ३ जनालाई अख्तियारको टोलीले शुक्रवार घुस लिँदालिँदै पक्राउ गरेको छ ।

वन अधिकृत शिवशंकर ठाकुर, सहायक वन अधिकृत गौरीशंकर केसरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारीलाई १ लाख १५ हजार घुससहित पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाको टोलीले उनीहरुलाई पक्राउ गरेको छ ।

वन कार्यालयले आव्हान गरेको कबाडी ठेक्काको टेण्डर स्वीकृती गर्न वन अधिकृत ठाकुर , सहायक वन अधिकृत केसरी र कास अधिकारीले घुस लिएका थिए । पक्राउ परेका तीनै कर्मचारीमाथि अख्तियारले अनुसन्धान सुरु गरेको छ ।

अख्तियारको बर्दिवास कार्यालय अन्तरगत रहेपनि उजुरीको अधारमा तत्कालै कार्वाह ीगर्न हेटौडा स्थित कार्यालयले वनमा कर्मचारीलाई पक्राउ गरेको बताईएको छ ।

केहि समययता अख्तियारले प्रदेश २ मा विशेष निगरानी बढाएको छ ।सात वटा प्रदेश मध्ये भ्रष्टाचार सम्बन्धी सर्वाधिक उजुरी प्रदेश २ मा नै परेको छ ।

अख्तियारले तत्कालिन कृषि विकास कार्यालय पर्साका प्रमुख वीरेन्द्र सिन्हालाई समेत नियन्त्रणमा लिई कार्वाही प्रकृया अगाडि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here