जनकपुरधाम,५ भदौं ।प्रदेश २ मा कृष्ण जन्माष्टमीका दिन पनि सार्वजनिक विदा दिइने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले क्यालेण्डरमै कृष्ण जन्मष्टमीको विदा उल्लेख गरिसकेकाले सो दिन विदा दिने बताएको हो ।

यस पटकको कृष्ण जन्माष्टमी भदौ ६ गते शुक्रबारका दिन परेको छ । यो दिन प्रदेश २ मा विदा रहने प्रदेश २ सरकारले जनाएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले कृष्ण जन्माष्टमीको दिन सार्वजनिक विदाको माग गर्दै मुख्यमन्त्रीलाई बुधबार ज्ञापन पत्र बुझाएपछि मुख्यमन्त्री राउतले यसअघि नै प्रदेश सरकारले क्यालेण्डरमा यो पर्वको विदा उल्लेख गरिसकेको जनाए ।
मुख्यमन्त्री लालबाबु राउतले धर्म संस्कृतिको सम्बद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै सर्वधर्म समभावको नीति अवलम्बन गर्दै प्रदेश सरकार काम गरिरहेको बताए । मुख्यमन्त्री राउतले कृष्ण जन्माष्टमी जस्तो महान पर्वमा संघीय सरकारले समेत विदा दिनुपर्ने बताउँदै यसका लागि आफूले पहल गर्ने बताए ।टुडेपाटी बाट सभार।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here