काठमाडौं ,२३ भदौं । संघीय समाजवादी पार्टीकी केन्द्रीय उपाध्यक्ष हिसिला यमीले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेता कार्यकर्तालाई समाजवादी पार्टी नेपालमा प्रवेश गर्न आग्रह गरेकी छिन् । सुत्र टिभिसँगको अन्तरवार्तामा नेतृ हिसिला यमीले उक्त कुरा बताएकी हुन् । उनले ओली–प्रचण्ड नेतृत्वको नेकपा कम्युनिष्ट नभएर कमाउनिष्ट भएको आरोप लगाएकी छिन् ।

नेतृ यमीले तत्कालिन नेकपा माओवादी पार्टीलाई अध्यक्ष प्रचण्डले विभिन्न खाले माफियाहरुको चंगुलमा पार्ने प्रयास गरेकाले बाबुराम लगायत आफूहरुले माओवादी बाध्य भएर छोड्नुपरेको दुखेसो समेत गरिन् । उनले नेपाली जनताले बाबुराम जस्तो नेता सत्ताको बागडोरमा पुग्न नपाएकोमा चिन्ता गरेको दावी समेत गरिन् ।

उनले आज बाबुरामको अभावले मूलुकले निकै दुदर्सा भोग्नुपरेको बताईन् । समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईकी श्रीमती समेत रहेकी हिसिलाले आफूलाई एशियाकै भ्रष्ट भन्नेहरुलाई चुनौती दिदैँ प्रचण्डका परिवारका सदस्यहरुले लिएको लाभको पद के हो भनेर प्रश्न समेत गरिन्।

उनले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आफूहरुले सरकारलाई सरकारबाट बाहिरिने अल्टिमेटम दिईसकेको समेत प्रष्ट पारिन् । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले औषधिको सेवनकै कारण जनतालाई पूरा नहुने सपना बाँडेको आरोप समेत लगाईन् । उनले नेकपाका नेता माधव नेपाललाई झुट बोल्ने नेताको संज्ञा समेत दिएकी छिन् । अक्षाम न्युजबाट सभार।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here