बारा,५असोज । बारा जिल्लाको सदरमुकाम कलैयाको सबभन्दा जेठो विद्यालयको स्थानमा रहेको श्री ३चन्द्र माध्यमिक विद्यालय आईतबार को दिन साईकल वितरण गरिएको छ।
समाजवादी पार्टी बाराका क्षेत्र नं.३बाट निर्वाचित युवा,संघर्षशील तथा प्रभावशाली नेता रामबाबु कुमार यादवद्वारा प्रदेश नं.२का”बेटी पढाउ ,बेटी बचाउ” कार्यक्रम अन्तर्गत साईकल २५९ छात्राहरूलाई वितरण गरिएको छ।

श्री ३चन्द्र माध्यमिक विद्यालय लगायत ५ विद्यालको ८कक्षा का केटीहरूलाई मात्र साईकल वितरण गर्ने प्रदेश स्तरीय निर्णय अनुसार छात्राहरूलाई वितरण गरेका छन्।
श्री ३ चन्द्र माध्यमिक विद्यालयका छात्रा संख्या ४८ रहेका छन्।त्यस्तै दुर्गा उच्च मा.वि.छात्रा सं.९०,श्री ने रा मा वि मोतिसरमा- ३०,श्री ने रा मा वि धर्मनगरमा-३९,गमरिया मा वि मा ५२ रहेका छन्।

समाजवादी पार्टीका सांसद रामबाबु कुमार यादव ज्यूका प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ।

विद्यार्थीहरूका शिक्षा प्रति उत्सुक्ता बढाउनका लागि समय बचत होस् भनी छात्राहरूलाई वितरण गरेका छन्।आउन जानेमा गएको समयलाई पढाईमा समय थपिन्छ उनको भनाई रहेका छन्।

प्रदेश नं.२ शिक्षा तथ्यांक अनुसार शिक्षाको स्तर कम रहेको छ भनी प्रदेश नं.२ सरकार मुख्यमन्त्री अभियान अन्तर्गत “बेटी बढाउ,बेटी बचाउ” कार्यक्रमले शिक्षाको स्तरमा टेवा पुगेको अनुभूति गरेको दावी गरेका छन्।
विशिष्ट अतिथि प्रदेश सांसद पारस प्रसाद साह लगायत शिक्षक शिक्षिका,अभिभावक,विद्यार्थी,संचारकर्मीहरुका उपस्थिति रहेका थिए।समाज सेवी राधा यादवले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here