रौतहट ,६ असोज ।नेपाल सरकारले घोषणा गरेको वर्ष सन्२०२० मा अत्यधिक मात्रामा पर्यटकहरू बोलाउने योजना रहेकोले नेपाल इन्डिया युथ मिशनले भारतमा भारतीय पर्यटकलाई विशेष जोड दिएका छन्।

भारतको राजधानी न्यू दिल्लीमा नेपाल इंडिया युथ मिशनले भिजीट नेपाल सन् २०२० लाई सफल पार्न राजनीतिक,गैरराजनीतिक र साधारण व्यक्तिहरूसंग भेटघाट गर्ने काम गतिलो अवस्थामा बढाएको छ ।

भारतबाट बढी भन्दा बढी नेपाल भित्रीए नेपाल भारतको सम्बन्धमा विशेष मजबुति अाउने विश्वास छ । हिजो राजधानी न्यू दिल्लीमा नेपाल इन्डिया युथ मिशनले Mrs queen india र Mrs universe Asia रहनु भएका भारतीय जनता पार्टीका दिल्ली राज्य कलचरल सांस्कृतिक सेलका महिला नेत्री अध्यक्ष रुबी यादव त्यस्तै चेयरमैन समेत रहनुभएको कनफिडिरेसन ओफ यंग लिडर हिमदरिश सुमन र confideration of indian univesity का अध्यक्ष डा. प्रिय रंजन त्रिवेदी संग विशेष भेटघाट गरेका छन्।

भेटघाट संगै सबैलाई सम्मान स्वरुप खादा ओढाई नेपाली मायाको चिनोको रुपमा प्रदेश नं.२का राजधानी जनकपुरमा रहेको जानकी माताको चिन्नो प्रदान गरिएको छ । भेटघाटको क्रममा नेपालबाट आउनु भएका रेड खबर अनलाइन खबरका सम्पादक पत्रकार जय प्रकास यादवले सबैलाई सम्मान गर्दै मायाको विशेष चिन्नो हस्तान्तरण गर्नुभएको छ ।

नेपाल इन्डिया यूथ मिशनका अध्यक्ष मधुरेन्द्र जैसवालले आयोजन गरेको सो कार्यक्रममा महासचिव अजित कुमार,NSHH का उपाअध्यक्ष जोया अधिकारी, सेन्टर फर सोशल लर्निंग अध्यक्ष राजीव रंजनको उपस्थिति रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here