बारा,६असोज । बारा जिल्लाका सदर मुकाम कलैया उप- महानगरपालिका वर्डा नं.२६ अन्तर्गत २वटा माध्यमिक विद्यालयका छात्राहरुलाई साईकल वितरण गरिएको छ।
प्रदेश नं.२ सरकार मुख्यमन्त्री स्तरीय अभियान “बेटी पढाउ,बेटी बचाउ” कार्यक्रम अन्तर्गत सोमबारका दिन समाजवादी पार्टी ,बाराका यूवा नेता रामबाबु कुमार यादवद्वारा ७२ जना छात्राहरुलाई जनही साईकल वितरण गरिएका छन्।

बारा निर्वाचन क्षेत्र नं.३ अन्तर्गत कलैया उप-महानगरपालिका वर्डा नं.२६ मा पर्ने श्री ने.माध्यमिक विद्यालय शिस्वा महेशपुर टोलमा ३०वटा र श्री ने.माध्यमिक विद्यालय मट्टीआर्वामा ४२वटा साइकल वितरण गरिएको छ।

साईकल वितरण कार्यक्रम समाजवादी पार्टीका युवा तथा प्रभावशाली नेता माननीय रामबाबु कुमार यादव ज्यूका प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो।प्रदेश नं.२का नमुना विद्यालय बनाउने उद्घोष गरे।
उक्त कार्यक्रमका विशिस्ट अतिथि माननीय पारस साह,उप सभापति पवन व्याहुत,जिल्ला अध्यक्ष अजय पटेल,क्षेत्रीय अध्यक्ष कमलेश मण्डल
समाजवादी विद्यार्थी यूनियन संघका सुजिर पाण्डे
लगायत शिक्षक ,अभिभावक ,पत्रकारहरुका उपस्थिति रहेका थिए।उनका स्वकीय सचिव कमलेश मण्डलले जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here