ओम प्रकाश यादव।
रौतहट, १७ असोज।समाजवादी पार्टी केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं .२ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार रौतहटमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गरेका थिए।

समाजवादी पार्टी यमुनामाइ गाउँपालिकाले शुकदेव चौकमा हिजो विजया दशमी र तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथिमुख्यमन्त्री राउतले सम्बोधन गरेका हुन् ।
पार्टीद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतसँग समाजवादी युवा संघका केन्दिय्र अध्यक्ष एवं भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले विशिष्ट अतिथिको रुपमा सहभागि भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउत र कृषि राज्य मन्त्री यादवले हिन्दुहरुको महान पर्व बडादशै र तिहारमा आपसी सदभाव, भाईचारा, देशमा अमन चएन कायम होस भन्दै देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुख, शान्ति, समृद्धि एवं सु स्वास्थ्य दिर्घायुको लागि कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्ति गरेका थिए।
मुख्यमन्त्री राउत र कृषि राज्यमन्त्री यादवले शान्त, मर्यादित र भयरहित वातारवणमा दशैं र तिहार मनाउन जिल्लाबासिलाई अनुरोध गरेका थिए।
शुभकामना आदान प्रदान कार्यक्रममा नेता रेवन्त झा तथा किरण साहले पर्वका बेला सबैमा सदभाव कायम राख्न आग्रह गरेका थिए।

पर्वमा कुनै किसिमको हो हल्ला, झै झगडा नगरी सभ्य र सुरक्षति तवरले पर्व मनाउन उहाँहरुले आग्रह गर्नुभयो ।
कार्यक्रममा विभिन्न पार्टीका नेता, कार्यकर्ता, लगायत आम जनसमुदायहरुको सहभागिता रहेको समाजवादी युवा संघका केन्द्रिय सदस्य उपेन्द्र राय यादवले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here