रौतहट,१९ कार्तिक । जो सुकै काम लाग्ने औषधिको पनि निश्चित म्याद हुन्छ।म्याद नाघिसकेको औषधिले रोग निको पार्नुको सट्टा उल्टै ज्यान लिने खतरा प्रबल रहन्छ ,ठिक यस्तै नेकपा र नेपाली काङ्ग्रेस म्याद नाघेका औषधि जस्तै भएको छ।नेकपा र नेपाली काङ्ग्रेसले देश र जनताको हितमा काम गर्न सक्दैन भन्ने निश्चित नै छ।अब पनि निरन्तरता पाएकोखण्डमा देश झन गरिबिको खाल्डोमा फस्ने र जनताको जीवन अहिलेको भन्दा पनि कष्टकर बन्ने कुराको ठोकुवा गर्न असहज छैन।नेपाली काङ्ग्रेसको नेता बिपिले भनेका थिए ,”नेपाली काङ्ग्रेस र राजसन्स्थाको घान्टी एउटै हो।”त्यसैले राजाशाहिको अन्त्यसङै नेपाली काङ्ग्रेसको म्याद सकेको बुझिन्छ भन्ने नेकपाको म्याद २०६२/०६३ को आन्दोलनसंगै सकिएको छ।
प्राकृतिक स्रोतले भरिपूर्ण र उत्पादनका साधनमा सबैभन्दा महत्त्वपूर्ण मानिएको जनशक्तिको धनी हाम्रो देश अति कम विकसित मुलुकको सूचिबाट हट्न नसक्नु अहिलेसम्म निरन्तर आलोपालो गरि सत्ता सम्हाल्दै आएका दलहरुको अदुरदर्शीता र असक्षमता नै हो भन्ने आम नेपाली जनमानसले बुझेकै छ्न।अपार जलस्रोतको धनी नेपालले विधुत उत्पादन गरि एशियाली मुलुकहरूलाई बेचेरै समृद्ध बन्न सक्ने सम्भावनाको बावजूद झन झन कंगाल बन्दै गइरहेको छ।
नेपालको इतिहासमा २०४८ साल देखि आफूलाई जन्मजात शासक ठानेका यी दलहरूका नेतृत्वपंक्तिले भागबन्डाको राजनीतिमा मात्र केन्द्रित रहे।भागबन्डामा यति केन्द्रित भएकी संबैधानिक निकायहरूका प्रमुख नियुक्तिलाई समेत भर्ती केन्द्र बनाए।राजदूत बनाउन भागबन्डा,प्रहरी प्रमुख बनाउन भागबन्डा यहाँसम्म कि न्यायाधीश नियुक्तिमा समेत भागबन्डा ।संवेदनशिल निकाय सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीश समेतको नियुक्ति राजनीति भागबन्डाको आधारमा हुने देशमा कानुनी राज्यको परिकल्पना गर्नु र सर्वसाधारण जनताले न्याय पाउने आस गर्नुभनेको ढुंगाबाट दूध पाउने आस गरेजस्तै हो।
जे भएपनि,प्रजातान्त्रिक परिपाटी भएको मुलुकमा आखिरकार देश संचालनको बागडोर कसलाई दिने कुराको निर्णायक जनता नै हुन।त्यसैले ,आम नेपाली जनता हरेक प्रभावबाट मुक्त भइ देशहितमा सोच्नु जरुरी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here