हनुमत कुमार
रौतहट, ३० कार्तिक । रौतहटका रौतहट नगरपालिका वर्डा नम्बर ९ ब्रह्मपुरी स्थित बागमती नदी को गंगा किनार मा श्री शिव शक्ति महायज्ञ एवं श्री राम कथा ज्ञान महायज्ञ हुने भएको छ।
२०७६ माघ २३ गते कलश शोभा यात्रा र माघ २४ गते बाट शुरू हुने महायज्ञ को आज २०७६ कार्तिक २९ गते भूमि पूजन एवं ध्वजा रोपण कार्य भएको छ।

विश्व मा बढ्दो अन्याय, अत्याचार, दुराचार, व्यबिचार, बलात्कार भ्रष्टाचार, हिंसा, हत्या, कलह, द्वन्द्व र अशांति फैलिएर जनमानस त्राहिमाम भइ रहेको देखेर विश्व शान्ति को लागी महायज्ञ को आयोजना गरिने भएको हो।
श्री शिव शक्ति महायज्ञ पूजा समिति ले राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रह्मपुरी स्थीत बांगमती नदी को गंगा किनारमा अनुभवी आचार्य एवं अयोध्या का पंडित र श्री राम कथा वाचक/वाचिका द्वारा यही माघ २४ गते देखी फाल्गुन ३ गते सम्म महायज्ञ पूजा एवं संगीत मय श्री राम कथा वाचन र अयोध्या का कलाकार हरु द्वारा हरेक दिन को रात्रि मा राम लीला को कार्यक्रम रहेको श्री शिव शक्ति महायज्ञ पूजा समिति को अध्यक्ष नवीन कुमार सिंह ले बताउनु भयो। उक्त महायज्ञ को भूमि पूजा एवं ध्वजा रोपण कार्यक्रम आज पूजा आजा र धार्मिक सांस्कृतिक कार्यक्रम गरी बडो हर्षोल्लास का साथ सम्पन्न भएको छ।
महायज्ञमा सहयोग को लागि सम्पूर्ण मा सहयोग को लागि श्री शिव शक्ति महायज्ञ समिति ले अपील समेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here