जनकपुरधाम, १३ पुस। प्रदेश २ सरकारले धनुषाको महेन्द्रनगरमा गत हफ्ता भएको बम बिस्फोट्का मृतक परिवारलाई प्रती मृतक ३/३ लाख रकम उपलब्ध गराउने भएको छ ।
मन्त्री परिषद को आज आईतवार सम्पन्न बैठकले प्रति मृतक ३/३ लाख र घाइते हरुको उपचार को लागी प्रति घाइते १.५/१.५ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।
घटना को भोलिपल्ट स्थलगत निरिक्षणमा पुग्नु भएको मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारलाई राहत र घाइते हरुलाई उपचार खर्च प्रदेश सरकारले उपलब्ध गराउने घोषणा गर्नु भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here