रौतहट ,२६ माघ। प्रदेश नम्बर २का अन्तर्गत रहेको रौतहट जिल्लामा मिति:२०७६।१०।१५ गते अं.१७:०० बजेको समयमा वर्ष २० को मो. एहतेशामुलहक आफ्नो घर मन्सरीबाट निजको भिनाजुसंगै ईशनाथ न.पा. वडा नं. ५ मोतिपुर स्थित भिनाजुको घरमा गई केही समय भिनाजुसंग गफगाफ गरी राति २०:००/२१:०० बजेको समयमा भिनाजुको BR 05C8299 नम्बरको भारतिय मोटरसाईकल लिई भिनाजुको घरबाट आफ्नो घर जान्छु भनी हिडेकोमा घर नपुगी बेपत्ता भएको र भोलिपल्ट मिति २०७६।१०।१६ गते विहान करिव ९:०० बजे राजपुर न.पा.-७ अकोलवा गाउँबाट भकुवा खोला जाने बाटो छेउमा उक्त मोटरसाईकल बेवारिसे अवस्थामा फेला परेको । परिवार, आफन्त, छरछिमेक, साथीसंगती सवैतिर खोजतलास गर्दा फेला नपरेपछि प्रहरीलाई खोजतलासको निमित्त खबर गरेको, प्रहरीले निजको खोजतलासको लागि गम्भिर अनुसन्धान गरी रहेकै क्रममा मिति २०७६।१०।२० गते विहान करिव ९:०० बजे निज एहतेशामुल हक राजपुर न.पा. ६ स्थित कुरीया गाउँ देखि करिव ७०० मीटर पुर्वतर्फ भकुवा खोलामा पानीमा घोप्टो परी मृत अवस्थामा फेला परेको सो घटना सम्बन्धमा अनुसन्धानको क्रममा घटनामा संलग्न ३ जना अभियुक्त मध्ये २ जना वर्ष २६ को असगर अली र वर्ष २३ को हैदर अली मिति २०७६।१०।२४ गते साँझ राजपुरबाट पक्राउ परेका छन् भने वर्ष ३१ का असरफ अली फरार रहेका छन्, फरारको खोजी कार्य जारी रहेको छ ।
पक्राउ परेका अभियुक्तहरुको प्रहरीसमक्ष कर्तव्य गरी मारेको स्वीकार गरिसकेका छन् । मृतकका बाबु जिल्ला रौतहट, ईशनाथ न.पा. वार्ड नं. ८ बस्ने वर्ष ५० को शेख मो. रइसुल आजम ले मिति २०७६।१०।२४ गते यस कार्यालयमा किटानी सहितको मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत हदैसम्मको कारवाही गरी पाउँ भनी जाहेरी दर्खास्त दिएकोमा मुद्दा दर्ता गरी ऐ. मिति २६ गते सम्मानित जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here