राैतहट, २ फागुन । राैतहटकाे राजदेवी नगरपालिका वडा नं.९ बह्रमपुरी गाउमा भई रहेकाे शिवशक्ति महायज्ञ एवम सगीतमय श्रीराम कथामा विश्वप्रख्यात राजऋषि भारत निवासीका आर्चाय सुर्दशनजि महाराजले आजबाट आफ्नाे श्रीराम कथा बाचन कार्य शुक्रबार आरम्भ गर्नु भएको छ । माघ २३ गते देखि आरम्भ भएको श्री शिवशक्ति महायज्ञ एवं संगीतमय श्रीराम कथा कार्यक्रममा आर्चाय सुर्दशन जी महाराजले तीन सम्म बाचन गर्ने कथाकाे आज एक समाराेहका विच उदघाटन गर्नु भएको हाे । आर्चाय सुर्दशनजिले दुनियाँमा हिन्दुहरू आफ्नो धर्म नमाने कै कारण यतिका पछाडि परेको र आफ्नो घर परिवारमा धर्मको बारेमा चर्चा नगर्नु, आफु भन्दा ठुलाकाे आदर नगर्नुले नै हिन्दु समाजकाे उन्नति नभएकाे बताउनु भयाे। फुलमाला अर्पण, उद्घाटन र आरती सुदर्शन जी महाराजको चरणमा श्री शिवशक्ति महायज्ञ समितिका अध्यक्ष तथा समाजसेवी नवीन कुमार सिंह, रौतहट क्षेत्र नं १(क) को प्रदेश सभा सदस्य मान्नीय बाबुलाल साह, राजदेवी नपाका मेयर धिरेन्द्र कुमार सिंह, गौर नपाकी उपमेयर किरण ठाकुर, राजपाका सह-महासचिव अनिल कुमार सिंह, समाजवादी पार्टीका केन्द्रीय सदस्य रेवन्त झा, गौर नपा वडा नं ३ को वडाअध्यक्ष श्यामसुन्दर पटेल, रिपोर्टस क्लब राैतहटका अध्यक्ष अभिमनु पटेल लगायतले गर्नु भएको थियाे । भारतकाे बिहार राज्यकाे बैरगनिया नाकाबाट नेपाल प्रवेश गर्नु भएका आर्चाय सुर्दशन जि महाराजकाे भव्य स्वागत राैतहटकाे गाैरमा प्रवेशका लागि रहेकाे नेपालकाे एतिहासिक क्रान्तिद्वारमा हजारौं नेता तथा कार्यकर्ताले गरेका थिए । विश्व कल्याणका लागि आयाेजित महायज्ञमा देशविदेशबाट आएका र आउन लाग्नु भएका श्रद्वालु भक्तजनहरुकाे सेवामा कुनै कसर बाकी न राख्ने महायज्ञ समितिका अध्यक्ष नवीन कुमार सिंहले बताउनु भयो । नगर प्रमुख धिरेन्द्र कुमार सिंहले आफुले आफ्नाे नगरमा वर्षको अवसरमा सबैलाई सेवा गर्नेमाैका पाउँदा गाैरवान्वित भएको बताउनु भयाे । आज भएको पहिलाे दिनकाे श्रीराम कथा बाचनमा ५० हजारकाे हराहारीमा श्रद्धालु भक्तजनहरुकाे सहभागीता रहेकाे महायज्ञ समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here