Exif_JPEG_420


रौतहट,२३फाल्गुन।रौतहटको सशस्त्र प्रहरी बल नेपाल विओपी बेलविछवाले लागुऔषध गाँजा सहित एक जना भारतियलाई पक्राउ गरको छ ।

गएराति ९ बजेको समयमा जिल्लाको गौर नगरपालिका बडहर्वा पुलबाट ५ किलो २ सय ग्राम अबैध गाँजा सहित भारत विहार जिल्ला सितामढी बैरगनीयाका २१ वर्षिय रोहित कुमार पास्वान पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल विओपी बेलविछवाका सशस्त्र प्रहरी निरीक्षक अजय कुमार थापाको कमाण्डमा खटि गएको टोलीले नेपालबाट भारत तर्फ गईरहेको अवस्थामा पास्वानलाई पक्राउ गरको हो ।कालो झोलामा लुकाई छिपाई भारततर्फ लगिरहेकोमा शंका लागि चेकजाच गर्दा उक्त लागुऔषध गाँजाबरामद भएपछि पास्वानलाई नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए ।

गाँजा सहित पक्राउ परेको पास्वानलाई आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाईएको सशस्त्र प्रहरी बल नेपाल नं ११ गण हेड क्वाटर रौतहटका सशस्त्र प्रहरी उपरिक्षक रविनराज कर्णजितले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here