काठमाडौं,१८चैत। अहिले सिंगो विश्व नै कोरोना भाइरससँग लडाँई लड्दैछ र लकडाउन भित्र बस्नु परेको छ।
यो बीचमा नेपालमा निजी अस्पताल एवम्‌ स्वास्थ्य संस्थाहरूले कोरोना आशंका गरिएका बिरामीहरूलाई उपचारका लागि भर्ना नै नलिने गरेको खबर बाहिर आएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले पनि मुख खोल्नु भएको छ । उहाँले यस्लाई कायरताको संज्ञा दिनु भएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराजा शाहले सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनैपर्ने र संकटका बेला पछि हट्नु कुनै भेदभाव गर्नु कायरतापूर्ण हुने उल्लेख गर्नुभएको हो । पूर्वराजा शाहले ट्वीट गर्दै लेख्नु भएको छ, ‘कोरोना संक्रमणको संकटले गर्दा देशमा कायम लकडाउनका कारण दैनिक ज्यालादारी मजदूर र लाखौंको संख्यामा रहेका गरिब नागरिकको दैनिकी निकै कठिन भएको छ ।
त्यस्ता नागरिकको दैनिक जीवन सहजिकरणका लागि सरकारले उपयुक्त आर्थिक प्याकेजका साथ राहत कार्यलाई शीघ्र अघि बढाउने छ भन्ने आशा लिएका छौं ।’ शाहले कोरोना संक्रमणबाट सुरक्षित रहनेगरी सजगता अपनाउन सरकारलाई ट्वीटरमार्फत सुझाव दिनु भएको छ । यो बीचमा केही निजी अस्पतालहरुले कोरोना उपचारका लागि अस्पताल सरकारलाई दिने बताएका छन्

G. Shah (ज्ञानेन्द्र शाह)
@GBBShah
कोरोना संक्रमणको संकटले गर्दा देशमा कायम लकडाउनका कारण दैनिक ज्यालादारी मजदूर र लाखौंको संख्यामा रहेका गरिब नागरिकको दैनिकी निकै कठिन भएको छ । त्यस्ता नागरिकको दैनिक जीवन सहजिकरणका लागि सरकारले उपयुक्त आर्थिक प्याकेजका साथ राहत कार्यलाई शीघ्र अघि बढाउने छ भन्ने आशा लिएका छौ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here