रौतहट ,७ बैशाख । रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत मिति २०७७।०१।०५ गते यस कार्यालयबाट खटिगएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नं.७ हनुमान चोक स्थित पुगी सोही स्थानमा बिभिन्न सबारी साधनहरुलाई रोकी चेक जाचँ गर्ने क्रममा बंकुल बजारबाट कोपवा पिपरीया तर्फ आउदै गरेको ना.२ च.८४१६ नम्बरको सेतो पिकअप बलेरो गाडीलाई शंका लागी चेक जाँच गर्दा सो गाडीमा भारतीय कम्पनीको चिनी ६० बोराहरु रहेको र सोही गाडीमा सवार रहेका जिल्ला बारा कलैया उप महानगरपालिका वडा नं.६ बस्ने हरिनरायण गोसाईको छोरा अं. वर्ष ३३ को बिजय गोसाई संग गाडीमा लोड भएको चिनीको बिल माग गर्दा सम्बवन्धीत सामानको बिल उपलब्ध नगराई चना दाललगायतका अन्य सामाग्रीहरुको बिल प्रस्तुत गरेको हुदाँ निज बिजय गोसाईलाई र चीनीलोड भएको गाडी पक्राउ गरी चीनी र गाडी अं. मुल्य रू.१०,८५,०००।- ( दश लाख पच्चासी हजार ) बराबरको चिनी ,गाडी र मानिस आवश्यक कारवाहीको लागि हिजो शनिवार ०६ गते गौर भन्सार कार्यालयमा बुझाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here