रौतहट,१ असार । रौतहटमा थप ९८ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जनाएको हो। बिश्वब्यापीमा फैलिएको नोबेल कोरोना भाईरस अर्थात् कोभिड १९ बाट दिनानुदिन रौतहटमा संक्रमित थप्दै गएका छन्। संक्रमितको संख्या बढ्दै जाँदा रौतहटको होटल, हार्डवेयर,कपडा पसल सहित सबै पसल खुल्न थालेको हो। इशनाथ नगरपालिकामा ३३ जना, यमुनामाइ गाउँपालिकामा ४७ जना,राजदेवी नगरपालिकामा ९ जना, राजपुर नगरपालिकामा ८ जना र
फतुवा बिजयपुर नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै हालसम्म रौतहटमा संक्रमीत हुनेको संख्या ८६९ पुगेको छ ।संक्रमित सबै अहिले क्वारेन्टाइनमै रहेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here