रौतहट, १२ असार । कोरोना संक्रमित विरामीहरुको संख्यात्मक रुपमा प्रदेशमै अग्रपंक्तिमा रहेको रौतहट जिल्लामा क्वारेन्टीन बाहिर समुदायमा तिना पुरुष व्यक्ति कोरोना संक्रमित फेला परेका छन् ।
बिहीबार थपिएका ३८ जना संक्रमितहरु मध्ये तीन जना क्वारेन्टिन बाहिर समुदायका पुरुष व्यक्ति रहेका हुन् । गौर नगरपालिका वडा नं. ५ कोइरिया टोलका दुई पुरुष र इशनाथ नगरपालिका ३ का एक गरेर समुदायका तिन जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
भारत मोतिहारी घर भई गौरको कोइरिया टोल स्थित ससुराली घरमा बसेर बौधीमाईको बंकुल बजारमा पसल संचालन गर्दै आएका ३० वर्षीय व्यक्ति कोरोना संक्रमित भएको छ । गौरमै भेटिएका दोस्रो संक्रमित ईशानाथ नगरपालिका वडा नम्वर २ घर भई हाल गौर ५ बस्ने १७ वर्षीय युवक हुन् । काठमाडौं जान पीसीआर जाँच गराउँदा उनलाई संक्रमण पुष्टि भएको गौर अस्पतालले जनाएको छ ।
इशनाथ नगरपालिका वडा नं. ३ का २५ वर्षीय पुरुष पनि संक्रमित पाइएको छ । उनी वडाध्यक्षका सवारी चालक हो । संक्रमण पुष्टि भएका तिनै जनालाई गौर स्थित गौरीशंकर यादव क्याम्पसमा रहेको आइसोलेसनमा राखिएको छ भने उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ सुरु भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । १७ वर्षीय युवकको परिवारका सदस्य स्वास्थ्यकर्मी रहेको हुनाले उनको परिवारका सदस्यहरूको स्वाब संकलन भइसकेको छ भने अन्य दुईको पनि संकलन गरिने कार्य जारी रहेको बताए ।
गौर नगरपालिकाको ५ नम्वर वडालाई सिल गरी आवश्यक परेमा पिसिआर परिक्षणको लागि किटको व्यवस्थान गरिने कार्यको आवश्यक पहल सुरु भएको हुँदा घर बाहिर निस्कनुपर्दा अनिवार्य रुपमा मास्क लगाई समाजिक दुरी राख्न समेत आग्रह गरे ।
गौर नगरपालिकाको युवा समाजसेवी मोहन यादवले लकडाउन पालना गर्ने जनता र पालना गराउने स्थानीय प्रशासनको कमीकमजोरीका कारण समुदायमा कोरोनाको संक्रमण देखा परेकोमा चिन्ता व्यक्त गर्दै लकडाउनको उलंघन गर्दाको परिणाम समुदायनै जोखिममा परेको हुँदा सम्बन्धित व्यक्ति संग अनुसन्धान गरेर कुनकुन स्थानमा क कस संग भेटेको ति सवैको स्वाव संकलन गरी पिसिआर टेष्ट अनिवार्य रुपमा गर्नुपर्ने राज्य संग माग गरे ।
स्थानीय सरकारको पदाधिकारी जिम्मेवार नभई गैर जिम्मेवारपूर्ण तवरबाट कार्य गरिरहदा कोरोनाको जोखिम समुदायमा बढेको आरोप लगाउदै कोरोना पाइएका व्यक्तिका सदस्यहरुलाई क्वारेन्टीन गरेर आवश्यक परिक्षण गर्नुपर्नेमा अझ ति परिवारका व्यक्तिहरु खुलेआम बाहिर घुमिरहदा समुदाय नै जोखिममा पर्दै गएको हँुदा स्थानीय प्रशासन समयमा ध्यान दिनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here