वीरगञ्ज, २४असार । अवैध रुपमा उत्पादीत विशाक्त घरेलु मदिरा सेवन बाट जनकपुरमा दर्जनौ व्यक्तीको मृत्यु भएपछि प्रहरीले दुई नम्बर प्रदेश भरी नै अवैध रुपमा सञ्चालनमा रहेको मदिरा भटीहरु नष्ट गर्ने अभियान चालेर सयौ भन्दा बढी भटीहरु नष्ट गरेको थियो ।

लकडाउन भन्दा अगावै पर्सा प्रहरीले पनि पर्साको विभिन्न ठाउहरुमा अवैध रुपमा सञ्चालनमा रहेको मदिरा भटीहरु अभियान नै चलाएर नष्ट गरेको थियो । तर लकडाउनका कारण अवैध मदिरा उत्पादन गर्ने भटी नष्ट गर्ने अभियान रोकिदा पुन अवैध मदिरा भटीहरु सञ्चालनमा आएका छन ।

पर्साको छिपहरमाई गाउपालीका वडा नम्बर ३ झलमैयामा ३ वटा अवैध मदिरा उत्पादन गर्ने भटी सञ्चालनमा आएको स्थानीय बताउछन । झलमैया वडा नम्बर ३ का नरेश साह, प्रदिप साह र ललन साहले लकडाउन सुरु भएदेखिनै अवैध मदिरा भटी सञ्चालन गरेर उत्पादन गरेको मदिरा खेतको बाटो प्रयोग गरी नजिकै भारतीय गाउमा पुर्याउने गरेको स्थानीय बताउछन ।

लकडाउन अगावै स्थानीय प्रहरी चौकी बुढगाईले अभियान अन्तर्गत नै उक्त मदिरा भटीहरु नष्ट गरेको थियो तर लकडाउन सुरु भए संगै पुन सञ्चालनमा आएको ३ वटै मदिरा भटीलाई भने प्रहरी संरक्षण पाएको एक स्थानीयले बताए ।

झलमैयाका नरेश साहले आफनो घर पछाडी रहेको टवाइलेट छेउमै मदिरा भटी सञ्चालन गरेका छन भने अन्य दुई भटीहरु पनि १ सय मिटरको दुरीमा सञ्चालनमा रहेका छन ।

अवैध मदिरा भटी सञ्चालन गरेवापत स्थानीय प्रहरी चौकी बुढगाईलाई प्रत्येक मदिरा भटीवालाले ३ हजार ५ सय रुपैया दिने गरेको नाम नछाप्ने सर्तमा एक भटी सञ्चालकले बताए । ३ वटा मदिरा भटी सञ्चालन गरेवापत महिनाको १० हजार ५ सय रुपैया दिने गरेकाले नै होला उनीहरुको भटी सञ्चालनमा रहेको एक स्थानीयले गुनासो गरे ।

लकडाउनको कारण भिष्वा बाजार बन्द भएपछि अहिले खेतको बाटो प्रयोग गरेर निर्वाध रुपमा अवैध मदिरा भारत तर्फ पठाउने गरिएको स्थानीय एक प्रत्यक्षदर्शीले बताए ।

तस्करीका कारण बारम्बार बदनाम हुदै आएको प्रहरी चौकी बुढगाईमा अहिले इन्चार्ज जिल्ला प्रहरी कार्यालयको प्रसाशन शाखामा कार्यरत प्रहरी सहायक निरिक्षक वकील सिंह रहेका छन ।

करिब दुई महिना अगाडी आन्तरिक सरुवामा उनी बुढगाई चौकी इन्चार्जको रुपमा गएपनि उनको आफनै एरीयामा पर्ने झलमैयामा सञ्चालीत ति ३ वटा अवैध मदिरा भटी उत्पादन नष्ट गर्ने तर्फ ध्यान नपुग्नुले पनि यस्मा प्रहरी चौकी बुढगाईको साथ र सहयोग रहेको सजिलै बुझन् सकिन्छ । यसमा सम्बन्धीत निकाय जिल्ला प्रहरी कार्यालय पर्साका अधिकारीहरुको ध्यान पुग्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here