रौतहट ,२८ असार । कोभीड -१९ भाईरसका कारण हाम्रो देशको स्थिर अवस्थालाई गम्भीर रूपमा आर्थिक सामाजिक कार्यलाई थप्प पारेको छ । केन्द्रिय सरकार , प्रदेश सरकार र स्थानीय सरकारले मनोपली तरिकाले कानुन विपरित आ-आफ्नो कानुन शैईली प्रयोग गरि कमाउन धन्दाको उदेश्यले आसैपासेलाई ठेक्का दिई कम मुल्यको समानलाई दोब्बर मुल्य राखी भ्रष्टाचार गरेको प्रमाण तथ्य बाट खुलिन्छन । भ्रष्टाचारले नेपाललाई गरिबी रेखामुनि हुदै आर्थिक संकट हुनेमा दुईमत छैन ।

सरकारको हरेक तहमा भ्रष्टाचार व्याप्त छ भएको गुप्ताले बताए ।
स्थानीय निकाय होस उपभोक्ता समिती समाजका हरेक क्षेत्र भ्रष्टाचारबाट मुक्त हुन सकेका छैनन् ।

नेपाल मुलुक संघीयताको कार्यान्वयनको चरणमा छ । स्थानीय, प्रादेशीक र संघीय गरी तीन तहको सरकार सञ्चालनमा छ ।

जनताका प्रतिनिधिहरूले कम्युनिष्ट सरकारले शासनको बागडोर सम्हालेका छन् । जनताको घरदैलोमा स्थानीय सरकार पुगेको छ । केन्द्रीकृत भ्रष्टाचारको सञ्जाल विकेन्द्रीकृत भएको छ ।

भ्रष्टाचारको स्वरूप परिर्वतन भएको छ विभिन्न शिर्षक रकमहरु जभावाभी मिलाएर नक्कली बिल भरपाई राखेर स्थानीय निकायमा व्यापक हिनामिनाको उदेश्यले विगविगी भएको गुप्ताले बताउनु भयो ।

हरेक विकासका काम सहि तरिकाले विकास नगरी ४०% प्रतिशत काम गरि चरम रूपले लापरबाही गर्न अघोषित नीति बनेको छ ।

विकासको काममा हुने कमिसनको कारण असारे विकास कार्यक्रममा कमसिल समाग्री प्रयोग गरि विकास निर्माणको कामलाई आर्थिक लाभ लिने पद्धति हाबीले विकास बिहिन अवस्था बनाएको छ ।

कमिसन र पहुँचको भरमा ठेक्का लिने र समयमै काम सम्पन्न नगरी समय थप गर्ने प्रवृत्तिको विकास भएको छ । भ्रष्टहरू दण्डित हुनुपर्नेमा पुरस्कृत भएका छन्, जसले गर्दा भ्रष्टाचारीको मनोबल बढेको देखिन्छ ।

अहिलेको बढ्दो भ्रष्टाचारले लगानीका स्रोतहरूलाई खेर फाल्छ । आर्थिक विकासमा नकारात्मक प्रभाव पारेको देखिन्छ ।

शक्ति, सम्पत्ति र सत्तालाई केन्द्रीकृत गर्ने गर्छ । सर्वसाधारण नागरिकले सास्ती बेहोर्नुपर्छ । धनी र गरिबबीचको खाडल बढ्दै जान्छ ।

कानुनी व्यवस्थालाई अपारदर्शी र अलोकतान्त्रिक बनाउँछ ।
भ्रष्टाचारले गरिबी बढाउँछ भने विदेशी लगानी घटाउँछ ।

प्रमुख प्रतिपक्षीदलका नेताहरु नेपाली कांग्रेसले भ्रष्टाचारका विरुद्धमा सुशासनको प्रतिबद्धता सरकारले पालना गरेन भने व्यापक आलोचना गर्दा पनि कम्युनिष्ट सरकार भ्रष्टाचार गर्न बाट पछी हटेको छ‌ैन युवा नेता गुप्ताले बताउनु भयो ।

कम्युनिष्ट सरकारको भ्रष्टाचार विरुद्धको नारा र समृद्धिको नारामै बोल्ली मै सीमित भएका छन ।

अधिकारप्राप्त निकायहहरू भ्रष्टाचारको विरुद्धमा परेको उजुरी विस्त्तुत छानबिन गरि सत्यतथ्य बाहिर ल्याउनु पर्छ तर्क राख्नु भयो ।

स्वतन्त्र र निष्पक्ष सूचनाको अभाव रहनु, खर्छ विवरण आयव्यय पारदर्शि नहुनु, कम्युनिष्ट सरकारले भ्रष्टलाई संरक्षण गर्नुले राम्रो गर्दैन ।

स्थानीय निकाय र प्रदेश सरकारका निजामती प्रशासनमा पारदर्शिता र जवाफदेहिताको बोध नहुनु, कर्मचारी सेवकका रूपमा नभई शासकका रूपमा प्रस्तुत हुनु ।

त्यसैले पारदर्शिता भ्रष्टाचार नियन्त्रणको एक प्रभावकारी उपाय हो । भ्रष्टचार नियन्त्रणको लगि महत्वपूर्ण खरदारी सहित स्थानीय युवाको विशेष भुमिका हुनुपर्छ ।

समाजिक प्रतिबद्धतापछि सदाचार पद्धतिकोे अवलम्बनवाट स्वाभलमन नियन्त्रण सम्भव हुन्छ ।
स्थानीय निकायमा विकासले गति लिन्छ । देशको आमजनताहरु सरकारले गरेको अनलिगल कार्यको विरोधमा व्यापक आवाज उठाउनु पर्छ ।

भ्रष्टाचारविरोधी जनमत निर्माणमा नागरिक समाज, सञ्चारमाध्यम निकायले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुँदै गएको छैन ।
नियन्त्रण नभएमा सुशासनको प्रत्याभूति सम्भव छैन भने लोकतन्त्रको संस्थागत विकास हुन सक्दैन । सुशासन, लोकतन्त्रबिना मुलुकमा उन्नति, प्रगति र विकास सम्भव छैन ।

देश भरिको कार्यालय बन्द हुनुले विकासमा धेरै कम्जोर तरिकाले भएको लकडाउनको मौका छोपि प्रायः सबैभन्दा धेरै भ्रष्टाचार खरिद समाग्री र स्वास्थ,रासन, विकास निर्माण विभिन्न शिर्षकको रकमको रकमान्तर गरि जथाभावी खर्च गर्नु अहिलेको भीषम परस्थितीमा देश जिम्मेवार मुख्य पदका जनप्रतिनिधिहरु र स्थानीय निकायका मेयर कार्याकारी प्रमुख लेखा प्रमुखहरु एक आपसमा मिलिजुली भ्रष्टाचार गरि बर्ष कै दोब्बर कमाई गरेको प्रष्ट बुझिन्छ ।

विभिन्न सरकारी अडाहरु बन्द उजुरी नपर्नु सम्बन्धि निकायको ध्यानाकर्षण नहुनु चासो बिहिनको मुख्य कारण चरम लापरबाही कारण भ्रष्टाचार भएको हो । स्थानीय निकायले गरेको हिनामिनाको विरुद्धमा परेका उजुरीको छानबिन कहिले गर्ला भने ? गरि रहेकोे हुन्छन् उजुरी कर्ताहरु सरकारका अख्तियार प्राप्त निकायको कामकारबाहीमा ठिला सुस्त पक्कै भएको देखिन्छ ।
यस्ता गम्भीर मुद्दालाई सम्बोधन गराउन युवा पुस्ताले अभियान चलाउनु पर्छ । करोना भाईस र स्थानीय निकायमा दोब्बर भ्रष्टाचार भएको नेपाली कांग्रेस रौतहटको युवा नेता नितिश कुमार गुप्ताले सेतो खबर संग कुराकानी गर्दा आरोप लगाएका
छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here