काठमाडौं, १६ श्रावण । काठमाडौं उपत्यका लगायत केही मुख्य शहरमा पछिल्लो समय कोरोना संक्रमितको संख्या थपिन थालेका छन् । कलडाउन अन्त्य गरेसंगै फेरी कोरोना संक्रमित थपिए पछि लकडाउनक अन्त्य गर्ने निर्णयका बारेमा पुनर्विचार गर्ने विषयमा पनि छलफल हुन थालेको छ । कोरोना भाइरसको ‘इपिसेन्टर’ बन्ने खतरा बढेपछि काठमाडौं उपत्यकामा फेरि लकडाउन गर्ने कि भन्नेबारे छलफल सुरु भएको हो ।
पछिल्लो समय उपत्यकामा दैनिक ५० जना भन्दा माथिको संख्यामा संक्रमित बढ्न थालेका छन् । घना बस्ती भएको उपत्यकामा दिनहुँ थपिएको संक्रमितको संख्याले चिन्ता बढाएको छ । सरकारले गत ११ चैतदेखि घोषणा गरेको लकडाउन ६ साउनको राति १२ बजेबाट अन्त्य भएको थियो । हाल बजार, छोटो दूरीका सार्वजनिक यातायात, उद्योग, कलकारखाना र सरकारी कार्यालय खुलेका छन् । लकडाउन खुलेसँगै मानिसहरुमा सचेतनाको पक्ष कमजोर देखिँदा कोरोनाको जोखिम उच्च भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली र मन्त्रीहरु महामारीको अवस्था केही समय हेरेर आवश्यक परे पुनः लकडाउन गर्नुपर्ने मनस्थितिमा पुगेको बताइएको छ । प्रधानमन्त्री ओली यस अघि पनि लकडाउन खुलाउने पक्षमा देखिएका थिएनन् । उनले जनताको स्वास्थ्य र जिवनको लागि कुनै पनि कुरासंग सम्झौता गर्न नसकिने बताउँदै आएका थिए । उच्च सरकारी अधिकारीहरुले पनि लकडाउन फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले तयारी गर्दै गर्नुपर्ने सुझाव प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा दिन थालेका छन् ।

काठमाडौं सहित बाहिरका केही सहरमा जसरी कोरोना सं्रमितको संख्या थपिएको छ त्यसले चिन्ता बढाएको हो । वीरगन्ज, विराटनगर, नेपालगन्ज लगायतका स्थानमा समुदाय स्तरमै कोरोना फैलिएको निष्कर्ष स्थानिय तहले निकालेको छ । सीसीएमसीमा रहेका एक मन्त्रीले भने, ‘लकडाउन फेरि गर्नुपर्ने सुझावहरु पनि आउन थालेका छन् ।

यद्यपि लकडाउन भए पनि पहिलेजस्तो लामो समय र सबै ठाउँमा नहुने उनले बताए । ‘जहाँजहाँ बढी समस्या देखिन्छ, त्यहाँ लकडाउन गर्नुपर्ने हुन्छ’, ती मन्त्रीले भने, ‘सबैतिर लकडाउन सम्भव र आवश्यक पनि छैन ।’ चिकित्सकहरुले उपत्यकामा हालकै दरमा संक्रमितको संख्या थपिए भयावह अवस्था आउन सक्ने चेतावनी दिँदै आएका छन् ।

गृह मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै रातिको समयमा हुने काठमाडौं प्रवेशमा रोक लगाइएको जनाएको छ । हाल उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा पीसीआर परीक्षण थालिएको छ । बिहीबार उपत्यका प्रवेश गरेकामध्ये २४ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here