रौतहट ,२२ श्रावण ।विगत केही दिन यता सिमावर्ती जिल्लाहरुमा Covid-19 को संक्रमणको जोखिम बढेका कारण जिल्ला भित्र गौर, राजदेवी, चन्द्रपुर लगायतका नगरपालिकाहरुमा समुदायका केही व्यक्तिहरुमा Covid-19 संक्रमण देखिएको अवस्थामा समुदाय Covid-19 दृष्टिले जोखिमपूर्ण अवस्था देखिएकोले जिल्ला सुरक्षा समिति रौतहटको मिति २०७७।०४।२१ गतेको निर्णय अनुसार मिति २०७७।०४।२४ गते देखि २०७७।०४।३२ गतेसम्म लागु हुने गरी निषेधाज्ञा जारी भई निम्नानुसारको कृयाकलाप संचालन गर्न/गराउन नपाउने गरी प्रचार प्रसार गरी सर्वसाधारणमा जानकारी गराई दिन हुन अनुरोध गरिएको छ ।
निम्न:-
१. अत्यावश्यक काम काज जस्तै ( खाद्यान्न, दुध, खानेपानी, औषधी, उपचार ) बाहेक कुनै पनि व्यक्तिहरु घरबाट बाहिर निस्कन नपाउने यदि अवज्ञा वा अटेर गरी वाहिर निस्केमा सुरक्षाकर्मीले कारवाही गर्न बाध्य हुने छ ।
२. स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपानी, दुध, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी, खाद्यान्न, तरकारी आपुर्ती बाहेका अन्य सवै निकाय सेवा बन्द रहने छ ।
३. अत्यावश्यक सवारी साधनहरु जस्तै (एम्बुलेन्स, शव वाहक, दमकल, झण्डावाला सवारी साधन, कुतनैतिक नम्बर प्लेटका सवारी साधन, खाद्यान्न, दुध, पानी ओसार पसारका सवारी साधन, लामो दुरीका सवारी साधन तथा अत्यावशयक सेवा संचालन गर्नको लागि खटिएको जनशक्तिले प्रयोग गर्ने सवारी साधन, सुरक्षा निकाय एवं जिल्ला प्रशासन कार्यालयवाट सवारी पास प्राप्त सवारी साधन ) वाहेक अन्य सबै निजी तथा सरकारी सवारी साधनहरु संचालन गर्न नपाउने ।
४. सिमा नाकामा आवागमन पूर्ण रुपमा बन्द हुने ।
५. निषेधाज्ञाको आदेशको कार्यान्वयनमा बाधा बिरोध वा अवरोध एवम अवाज्ञा गरेमा जो सुकै व्यक्ति, समुहलाई संक्रामक रोग ऐन तथा स्थानीय प्रशासन ऐन बमोजिम कडा कारवाही गरिने व्यहोरा समेत जानकारी गराईन्छ ।
६. अत्यावश्यक काम काजको लागि घरबाट बाहिर निस्कीदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, समाजिक दुरी कायम गर्ने ।