सप्तरी,२४ साउन ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व बाट पश्चिम गइरहेको साइकललाई स १० प. ८४९८ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सप्तरीको शम्भुनाथ नगरपालिका १ खोक्सरका देवनारायण यादव रहेको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते यादवको तत्काल स्थानीय युनिक अस्पताल उपचारको लागि लैजाँदै गर्दा बाटोर्म मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
यता ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here