काठमाडौ ,२५ श्रावण ।आफूहरू पार्टी एकताका पक्षमा रहेको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ५० सांसदले हस्ताक्षर गरेका छन् ।

सांसद यज्ञराज सुनुवारले केही प्रतिबद्धतासहित हस्ताक्षर गरिएको र आइतवार अपराह्न २ बजे त्यसलाई सार्वजनिक गरिने जानकारी दिए ।

सांसद सुनुवारले भने, ‘पार्टी एकतालाई मजबुद पार्ने पक्षमा हामी छौं, त्यसैले हस्ताक्षर गरेका हौँ ।’

उनले हस्ताक्षरसहित आफ्ना केही प्रतिबद्धताहरू पनि सार्वजनिक गर्ने बताए ।

नेकपा यतिबेला आन्तरिक विवादका कारण कमजोर बनेको छ ।

पार्टी जुनसुकै बेला पनि फुट्न सक्ने भनेर शीर्ष नेताहरूले नै सार्वजनिक वक्तव्य दिएको अवस्था छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच केहीदिनयता संवादसमेत हुन सकेको छैन ।

यस्तो अवस्थामा पार्टी फुट्ने खतरा देखेर आफूहरू हस्ताक्षर अभियानमा लागेको नेकपाका अर्का सांसदले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here