कैलाली ,२५ श्रावण ।कैलालीमा ३ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा दाेषी ठहर भएका एक युवा ५ वर्षपछि पक्राउ परेका छन्।

९ वर्ष जेल सजाय सुनाइएका गौरीगंगा नगरपालिका ३ का २१ वर्षीय अर्जुन चौधरी शनिबार पक्राउ परेका हुन्।

२०७२ भदौ १३ गते घरमा सुतिरहेकी बालिकालाई जंगलमा लगेर अर्धचेतन अवस्थामा बलात्कार गरेका उनी अर्को दिन पक्राउ परेका थिए। उनलाई कैलाली जिल्ला अदालतले धराैटी लिई तारेखमा छोडेको थियो।

सो मुद्दामा अदालतले दश महिनापछि नै दोषी ठहर गर्दै ९ वर्ष ३ महिना २९ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय हुने फैसला सुनाएको थियो।

त्यसबेलादेखि फरार रहेकोमा खोजतलास गर्दै जाँदा पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता हिक्मतबहादुर थापाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here