रौतहट,३१ श्रावण ।रौतहट जिल्ला मा भदौ १ गते देखि भदौ ७ गते सम्म निषेधाज्ञालाई निरंतरता दिइएको छ। रौतहट जिल्लामा कोभिड १९ को सन्क्रमितहरुको सन्ख्यामा दिनानुदिन बढदै गइरहेको र संक्रमणको जोखिम ल्को सम्भावना समेत उच्च रहेकाले आज श्रावण ३१गते बसेको जिल्ला सुरक्षा समितिको निर्णयानुसार मिति २०७७/५/०१ गते देखि भदै ७ गते राती १२ बजे सम्म निरंतरता दिइको छ।
थप गरिएको निषधाज्ञाको अवधीमा आम नागरिकहरुलाई अति आवश्यक उपभोग खाद्यान्न समाग्री आपूर्ति सहज बनाउन मिति २०७७/५/०१ गते सोमबार ,३गते बुधबार र ५ गते शुक्रबार का दिन बिहान ६ बजे देखि बिहान ९ बजे सम्म निम्न शर्तहरुको पूर्ण परिपालना गरि / गराइ अति आवश्यक उपभोग खाद्यान्न पसलहरु खोल्न दिइने तथा अन्य क्षेत्र भदौ ७ गते सम्म बन्द यथावतै राख्ने जिल्ला प्रशासन कार्यालय रौतहटले निर्णय गरेको छ।
शर्तहरु
क.बिक्रेता तथा उपभोक्त हरुले सेनिटाइजर,मास्क तथा पन्जाको अनिवार्य प्रयोग गर्ने।
ख. मास्क नलगाइ आउने ब्यक्ति/उपभोक्तलाई खाद्यान्न वस्तु बिक्री बितरण नगर्ने।
ग. बिक्रेताले अनिवार्य रुपमा भौतिक दूरी कायम हुने गरि मात्र बिक्री वितरणको व्यवस्था मिलाउने।
उपरोक्त अनुसारको स्वास्थ्य सुरक्षा मापदण्ड उलंघन गर्ने/गराउने वा कार्याव्यनमा अवरोध गर्ने ,गराउने माथी संक्रमण एन २०२० तथा स्थानीय एन २०४८ बमोजिम कार्यवाही गरिने व्योहोरा समेत जानकारी गराइन्छ। जिल्ला प्रशासन कार्यालय द्वारा जारी गरिएको सुचनामा निर्धारित समयमा खुल्ने खाद्य सामग्रीको पसलहरुको कडाईका साथ अनुगमन गर्ने भनी कही कतई जिकिर गरिएको छैन । लकडाउनको अवधिमा विक्रेताहरुले आपूर्तिको कृत्रिम अभाव देखाएर उपभोक्ताबाट मा‘नोपोली ढंगबाट चर्को मूल्यमा दैनिक उपभोग्यका सामग्री विक्री वितरण गर्ने गरेकोले उपभोक्ताहरु मारमा पर्दे आएको हुदा स्थानीय प्रशासनले यस तरफ गंभीर ध्यान दिनु पर्नेमा जिल्ला सुरक्षा समितिको ध्यान नगएको पत्रबाट प्रस्ट बुझिराखेको छ ।
निषेधज्ञा संक्रमण नियंत्रणको विकल्प नभएकोले सावधानी स्वास्थ्य सुरक्षाको अवलम्बन गर्दै दैनिकी जीवन यापन गर्ने बातावरण सृजना गर्दै जानूपर्ने महत्वपूर्ण विषय रहेको छ । लकडाउन र निषेधज्ञाको कारण सामान्य जीवन कठिन भएको र गरीव निमुख्खा श्रमजीवी बर्ग समुदायको व्यक्तिलाइ दैनिकी जीवन बिताउंन गार्हो भएको छ । संघीय सरकार , प्रादेशिक सरकार र स्थानीय सरकारले लकडाउन निषेधज्ञाको बेला राहत दिने विषयमा गंभीर नभएकोले जीवन जिऊँ अप्ठ्यारो भएको छ । 
निषेधज्ञाको अवधीमा बैंकिंग कारोबार गर्ने संघ सस्था पूर्ण रुपमा बंद भएकोले माध्यम वर्ग ,न्यून वर्गीय समुदायका व्यक्तिलाइ कारोबार गर्ने आर्थिक संकट उत्पन्न हुने भएको हुदा जिल्लामा रहेका बैकिंग सस्थाहरुलाइ आलोपालो गरी सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने स्थानियहरुको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here