रौतहट ,९ भदौ। रौतहटको माधवनारायण नगरपालिका २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहलाई अज्ञात व्यक्तिको समुह गोली हानी हत्या गरेको घटनाको रौतहट प्रहरीले अनुसन्धान जारी राखेकै अवस्थामा विजय यादव निर्विजले यस हत्या काण्डमा फोरम पार्टि अर्थात हालका जनता समाजवादी पार्टीको संलग्नता रहेको भनी आफना फेसबुकमा लेखेको स्टाटस प्रति जनता समाजवादी पार्टी रौतहटको गम्भीर ध्यानाकर्षण भएको छ ।
पुजारी हत्या काण्डको अनुसन्धान कार्य जारी नै रहेको, अनुसन्धानको अन्तिम परिणाम अझै आउन नसकेको र प्रहरीले समेत यस विषयमा अझै केहि बोल्न नसकेको अवस्थामा विजय यादवले विना प्रमाण यस हत्या काण्डमा फोरमको ठुलो नेताको हात वा संलग्नता हुन सक्ने भन्दै यस्ता तथ्यहिन झुठा एवं भ्रामक कुरा समाजिक सञ्जालमा लेखेर सिंगो जनता समाजवादी पार्टीलाई नै बदनाम गर्न खोजेको भन्ने हाम्रो निषकर्ण हो ।
हनुमान मन्दिरका पुजारी श्री राम साहको हत्या प्रकरणमा भई रहेको अनुसन्धानको कमजोर पार्ने र घटनाको अर्को रुप दिने उदेश्यले विजय यादवले यस्तो सामग्रि समाजिक संजालमा पोष्ट गरेको प्रति जनता समाजवादी पार्टी रौतहट घोर निन्दा गर्दछ ।
पुजारी साहको गरिएको निर्ममतापूर्वक हत्यामा कुनै एक व्यक्तिको संलग्नता हुन सक्छ त्यसमा कुनै पार्टीको नाम जोड्ने कार्य कानुन विपरीतको कार्य हो, अनुसन्धानको क्रममा रहेका विषयलाई राजनीतिक रुपदिनु अपराधीको संरक्षण गर्नु हो त्यसैले यादवको यस्तो गैरजिम्मेवारीपुर्ण लेखाईले उनले अपराधीलाई जोगाउन त खोजेको हैन भन्ने हाम्रो कथन हो ।

कुनै पनि घटनाको दोषी कोहो भन्ने कुरा प्रहरी अनुसन्धानबाट मात्रै बताउने गर्छ तर कुनै व्यक्ति विशेषले फलानो पार्टी अथवा व्यक्तिको नै संलग्नता रहेको कुरा खुल्न आएको जस्ता कुरा गर्नु त्यो घटनाको सन्दर्भमा उसलाई थाहा हुनु हो त्यसैले पुजारी हत्याकाण्डका विषयमा यादवले दिएको अभिव्यक्ति अनुसार यस घटनाको सन्दर्भमा उसलाई पुरै जानकारी रहेकोले विजय यादव निर्विजलाई नै नियन्त्रणमा लिएर यस हत्या काण्का दोषीको बारेमा सोधपुछ गरी उसैबाट नाम खुलाउन हामी जोडदार माग गर्दछौ ।
कपोकल्पित, भ्रामक, झुठा एवं आधारहीन कुरा लेखी जनतामा भ्रम फैलाउने र जसपालाई बदनाम गराउने विजय यादवलाई तुरुन्त नियन्त्रणमा ली करबाई गरिएन भन्ने हामी कडा आन्दोलनमा जाने यसै विज्ञप्ती मार्फत चेतावनी पनि दिन चाहन्छौ ।
विजय यादवले फेसबुकमा अनुसन्धानका लागि ल्याइएको कुकुर फोरम कै नेताहरुको घर अगाडि गइ भुकिरहेको र फोरमका नेताहरुमा भागा भागा भएको भनी लेखेका छन । यादवले लेखेको यी सव कुरा सरासर झुठो रहेको छ तसर्थ कुकुर फोरमको नेताको घरअगाडि रुकेको या कम्युनिस्ट नेताको घर अगाडी रुकेको हो त्यो प्रहरीको अनुसन्धानको बिषय हो।
यस घटनालाई प्रभावित पार्ने कार्य देखिएको हुदा त्यसलाई नै आधार मानने हो भन्ने स्थानीय तहको चुनावमा तत्कालिन माओवादी पार्टीबाट वडा सदस्यमा लडेको एक नेताको घर अगाडि गएर पटक पटक कुकुर भुकिरहेकोले यसमा ठुलै नेताको हात हुन सक्ने आशंका भएकोले यसको वास्तवीक दोषी कोहो भन्ने कुराको गहन अनुसन्धान गर्न हामी प्रशासन संग जोडदार माग गर्दछौ ।
अन्त्यमा घटनाको निष्पक्ष र गहन छानविन हुनुपर्ने, दोषीको तत्काल पहिचान हुनुपर्ने र दोषी जोसुकै भएपनि कडा भन्दा कडा कार्यवाही गर्नको लागि पनि हामी संबंधित निकायको प्रशासनसँग जोडदार माग गरेको जिल्ला इन्चार्ज जनता समाजवादी पार्टी नेपाल,रौतहटको बृजकिशोर यादवको हस्ताक्षर प्रेस विज्ञप्ति मा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here