काठमाडौं,१ आश्विन । उपत्यकामा रहेका होटेल तथा रेस्टुरेन्ट सन्चालनमा आजदेखी आएको छ। उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले होटल तथा रेष्टुरेन्ट सञ्चालनमा लगाएको रोक आजदेखि हटाइएका छन् । निषेधाज्ञा सम्बन्धि आदेशहरुको पुनरावलोकनगर्दै टेकअवेमात्र सञ्चालनगर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्चालन खुला गरिएको काठमाडौंका प्रमुख जिल्लाअधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । दाहालकाअनुसार काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोर र बिजोर भने कायमै राखिएको छ । निजी र सार्वजनिक सवारीको जोर बिजोर प्रणाली अर्को आदेश नभइन्जेल कायम रहने छ । काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यकामा सवारी साधनप्रवेशलाई भने अर्को आदेश नहुँदा सम्म खुलागरिएको छ । यस्तै विभिन्न व्यवसायमा लगाइएका निषेधात्मकआदेश पनि हटाइएको छ । विभिन्न व्यापार व्यवसायका लागि बारअनुसार खोल्ने पाउने गरी गरिएको आदेश आजदेखि लागू हुने छैन । उपत्यकामा सबै खाले पसल सबै बार खोल्न पाइने छ । यो पनिअर्को आदेश नहुँदासम्म स्वास्थ्य सम्बन्धी सावधानी अपनाएर खोल्न दिइएको हो । नेपालीहरुको ठूला चाड नजिकै आएका कारण पनि सरकारले व्यापार व्यवसाय र यातायातका साधन सञ्चालनगर्न अनुमति दिएपनि नेपालमा कोरोना भाइरसको सङ्क्रमण भने झन् बढिरहेको छ । हिजो एकैदिन१५ सय ३९ जनाकोरोनासङ्क्रमितथपिएका छन् । स्वास्थ्यतथा जनसङ्ख्यामन्त्रालयकाअनुसार यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या हो ।नियमितजानकारी दिने क्रममामन्त्रालयकाप्रवक्ता डाक्टर जागेश्वर गौतमले यो सहित नेपालमाकोरोना सङ्क्रमितको कुल सङ्ख्या ५८ हजार ३२७ पुगेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here