मेवालाल यादव । रौतहट,१० आश्विन । रौतहटको देवाहीगोनाही नगरपालिका वडा नं ६ टोल कर्कचमा बिभिन्न पार्टी परित्याग गरी पचासौंको संख्यामा डाक्टर सिके राउत नेतृत्वमा रहेको जनमत पार्टीमा प्रवेश गरेका छन् ।
जनमत पार्टी वरिष्ठ नेतृत्व मण्डलको केन्द्रीय संयोजक अशोक कुमार सिंह को प्रमुख आतिथ्यमा जनमत पार्टी रौतहटका जिल्ला सचिव बिकास कुमार यादवको विषेश आतिथ्यमा र नगर अध्यक्ष रामप्रवेश पटेलको आतिथ्यमा आयोजित कार्यक्रममा रमेश प्रसाद कुशवहा , जैसीलाल साह, रामनाथ महतो, शिवधारी दास, हरेन्द्र साह , शंकर महतो, भरत साह , रामधारी राय यादव, किशोर पासवान, सिकेन्द्र यादव, प्रमोद ठाकुर लगायतका जनमत पार्टीको सदस्यता लिइ कार्यक्रम आयोजन गरी पार्टी प्रवेश गरेका छन् । उक्त कार्यक्रममा रमेश प्रसाद कुशवहाको अध्यक्षतामा २१ सदस्य वडा तदर्थ समिति गठन गरिएका छन् ।
कार्यक्रममा नेता सिंहले मधेस मुक्तिको लागि जनमत पार्टीको विकल्प रहेको र जनमत पार्टीले सामुदायिक स्वराजको स्थापना गर्ने बताएका थिए र सचिव यादवले चाहे कॉम्युनिस्ट होस्, कोंग्रेस होस्, जसपा होस्, सबका सब खाने बेलामा संगै हुन्छन्। यिनीहरूलाई अब सामाजिक बहिष्कार गर्नु पर्छ र मधेशको दिगो र सम्पूर्ण विकासका लागी अब एउटै विकल्प हो, जनमत पार्टी । मधेसमा जनमत पार्टी बाहेक अरु कसैको सम्भावना छैन जिल्ला सचिव यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here