रौतहट ,१२ आश्विन । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ स्थित टिकुलीया टोलमा अपराधिक समुहद्वारा हत्या भई ज्यान गुमाएकी जगरानी देवीका छोरालाई उच्च शिक्षा सम्म शिक्षा दिने जनता समाजवादी पार्टी नेपाल रौतहटको जिल्ला इन्चार्ज एवम् प्रदेश नंबर २ का सदस्य वृज किशोर यादवले घोषणा गरेका छन् ।
गत शुक्रबार ९ रातीको समयमा पुरानो रिसिबीका कारण स्थानिय बलि मुखिया , प्रदिप मुखिया र सोनालाल मुखिया सहितको समुहले धारिलो हतियार प्रहार गरि महेश तिवारी दम्पति माथि आक्रमण गरेका थिए । सो समुहको साङ्घातिक आक्रमणबाट जगरानी देवीको मृत्यु भएको थियो । हत्या गरिएका देवीका एक छोरालाई नेता यादवले गरुडास्थित प्रहरी बोडिङ स्कुलमा उच्च शिक्षासम्म अध्यापन गराउने घोषणा गर्नु भएको हो । हतियारधारी सो समुहको आक्रमणबाट मृतक जगरानी देवीका श्रीमान महेश तिवारी भने गम्भिर घाइते भएका छन ।

जनता समाजवादी पार्टीका प्रदेश सदस्य वृज किशोर यादवले आइतबार पिडित परिवारको घरमा नै पुगेर उहाका एक छोराको उच्च शिक्षासम्मको अध्ययनमा लाग्ने सम्पुर्ण खर्च आफुले बेहोर्ने उद्धघोष गर्नु भएको छ । नेता यादबको घोषणालाई स्थानियले स्वागतयोग्य भन्दै प्रशंसा समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here