रौतहट ,१३ आश्विन।९ वटा मोटरसाईकल सहित ६ लाख ९० हजार मूल्य बराबरको अवैध हरियो मटर बरामद गरिएको छ।

पश्चिम् नवलपरासी प्रहरी प्रमुख एसपी अजय केसिले जिल्ला आए देखि तस्कर विरुद्ध खरो उत्रेका छ्न।
नेपाल बात भारत तर्फ हरियो मटर अबैध तरिकाले तस्करीको बिगबिगी बढेको सूचना पाए लगतै एसपी केसि ले तस्करहरुको सन्जाल तोडन अर्पेसन टिम तयार गरि दिनानु दिन कार्वाही गरेका छ्न।यसरी एसपी केसिले हरियो मटर तस्कर विरुद्ध एक्सन लिदा करिब ३करोड सम्मको राजस्व सकलन गर्न सफल समेत भएका छ्न।एसपी केसिको एक्सन देखेर तस्करहरुको भागाभाग मचेको छ।उनी जिल्लामा प्रमुख भएर आएदेखी तस्करी न्यूनीकरण देखि ,विभिन्न किसिमका जगन्य अपराध ,हत्या,हिन्सा घटना समेत न्यून अवस्थामा भएको देखिन्छ । एसपी केसिले प्रहरी सङठनलाइ समेत चुस्त र दुरुस्त र शान्ति सुरक्षा समेत ब्यवस्थापन गर्नका निमित्त पश्चिम् नवलपरासीको राजमार्गमा चोक चोक मा अस्थायी प्रहरी चोकी बिट स्थापना देखि लिएर घटना नियन्त्रण गर्नका निमित्त र अपराध गरेर भागन नपाओस भनेर पश्चिम् नवलपरासी राजमार्गको चोक चोकमा (CCTV )को ब्यवस्थापन समेत गरेका छ।एसपी केसिको सक्रियता देखेर जिल्ला मातहतका युनिटका इन्चार्जहरु लाई उच्च मनोबलका साथ काम गर्ने इनर्जी समेत प्रदान भएको छ। त्यसै गरि एसपी केसि कै निर्देशनमा प्रहरीले आज अवैध मटर (केराउ) ओसार-पसारमा संलग्न ९ वटा मोटरसाईकल सहित अं.६ लाख ९० हजार मुल्य बराबरको अवैध मटर (केराउ) जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ । बिहान अं. ०९:०० बजेको समयमा अबैध रुपमा नेपालबाट भारत तर्फ हरियो मटर (केराउ) राखि लैजादै गरेका ५ वटा मोटर साईकल (UP 56 A 3392 , UP 53 AJ 5870, UP 57 C 0830, UP 56 Y 1988 र UP 56 K 9327 नं. ) सहित ४५० के.जी. हरियो मटर(केराउ) सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाँउपालिका वडा नं. ६ धनगढवाबाट नियन्त्रणमा लिएको छ । मोटरसाईकलमा हरियो मटर (केराउ) राखि लैजादै गर्दा प्रहरी टोलीलाई देखि मोटरसाईकल र हरियो मटर (केराउ) छाडी मानिस भागेका थिए । बरामद ५ वटा मोटरसाईकलको अन्दाजी मुल्य २ लाख ५० हजार र केराउको अन्दाजी मुल्य ३६ हजार गरी २ लाख ८६ हजार बराबर मुल्य रहेको छ ।

त्यसै गरी दिउँसो समयमा नेपालबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको अन्दाजी ६८ हजार मुल्य बराबरको ८५० के.जी. हरियो मटर प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गांउपालिका वडा नं.५ धर्मौलीबाट बरामद गरेको छ । उक्त हरियो मटर मोटरसाईकलमा राखी लैजादै गर्दा प्रहरी टोलीलाई देखि बोरा फाली मोटरसाईकल सहित मानिस भागेका थिए ।

त्यसैगरी दिउँसो समयमा अबैध रुपमा नेपालबाट भारत तर्फ हरियो मटर (केराउ) राखि लैजादै गरेका ४ वटा मोटर साईकल (UP 56 C 1009 , UP 56 X 3383, बा १६ प २०९४ र लु ४९ प ३०८१) सहित ४५० के.जी. हरियो मटर(केराउ) सरावल गाँउपालिका वडा नं. ६ धनगढवाबाट सिमा प्रहरी चौकी महेशपुरको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । मोटरसाईकलमा हरियो मटर (केराउ) राखि लैजादै गर्दा प्रहरी टोलीलाई देखि मोटरसाईकल र हरियो मटर (केराउ) छाडी मानिस भागेका थिए । बरामद ४ वटा मोटरसाईकलको अन्दाजी मुल्य ३ लाख र केराउको अन्दाजी मुल्य ३६ हजार गरी जम्मा ३ लाख ३६ हजार बराबर मुल्य रहेको छ । आज बरामद ९ वटा मोटरसाईकल र १७५० के.जी. हरियो मटर (केराउ) आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको नेपाल प्रहरी नायब उपरीक्षक डिएसपी राजु लामाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here