जनकपुरधाम,१७ आश्विन । प्रदेश नम्बर २ सरकार सङ्ग कोभिड १९ सम्बन्धमा बनाएको समितिले सरकार गरेको कामकार्यवाही बारे छलफल गरिएको छ।
संघीय संसद, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको अनुगमन गर्न गठित उपसमितिले आज माननीय संयोजक जीवन राम श्रेष्ठ, माननीय सदस्य एकबाल मिया, माननीय नमिता कुमारी चौधरी र अनुगमन टोलिको शाखा अधिकृत ई. अमितकुमार यादव लगायतका टोलिले प्रदेश न. २ सरकार सङ्ग छलफल गरेको छ ।
उक्त छलफलमा प्रदेश नम्बर २ का माननीय सामाजिक विकास मन्त्री नवल किशोर साहज्यू, प्रमुख सचिब अर्जुन प्रसाद पोखरेलज्यू ,र सचिब कृष्ण प्रसाद काप्री ज्यू लगायत गन्यमान पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here