रौतहट,२० आश्विन । रौतहटको सदरमुकाम गौर सहित विभिन्न ठाउँमा सन्झा साह युवतीको हत्या भएको प्रती आत्मा चिर शान्ति स्वर्गवास पुगोनिन भनी बिपि चौक स्थित दिप कार्यक्रम सम्पन्न भएको छ।
रौतहट युवा पिढीले सत्यतथ्य छानविन गर्न तथा आत्मा चिरको कामना गर्दै गौर को बिपी चौक र मध्य बजार गरुडाको भानु चौकमा रौतहट युवा पिढीमा आवद्ध युवा लगायत अन्य सक्रिय युवाहरुले जिल्लाको वृन्दाबन नगरपालिका-४ हरैयापल्टुवामा एक युवतीको हत्या गरी फालिएको घटनाको सत्य तथ्य छनबिनको माग गर्नका लागि दिप प्रज्जवल गरेका छन् ।
जिल्लाको बृन्दावन नगरपालिका वडा नं—४ हरैयापल्टुवामा घाँस काटन गएकी एक १६ युवतीको हत्या भएको हो । जिल्लाको गढीमाई नगरपालिका वडा नं— १ बस्ने स्थानिय सिताराम साह कानुका अन्दाजि १६ वर्षिय छोरी हाल बृन्दावन नगरपालिका वडा नं—४ हरैया पल्टुवा मामा घर बसदै आएकी स्थानिय देरेन्द्र साह कानुका भान्जी सँझा साह कानुको हत्या भएको स्थानिय वासिन्दाले बताएका छन् । बिहान १० बजे तिर घाँस काटन गएकी साँझा साँफ सम्म न फर्केपछि उनकी खोजी गर्दै जाँदा निज मृत अवस्थामा नजिकैको उँखुबारीमा फेला परेको स्थानिय वासिन्दाले बताएका थिए।
आज साझ ठिक ७ बजे ज्यान गुमाएकि १६ वर्षीय संझा साह प्रती श्रद्धाञ्जली अर्पण गर्दै दोषि उपर कार्वाहीको लागि सरकारलाई दबाब सृजना गर्न जिल्लाका मुख्य बजारका चौकहरुमा दिप प्रजवलन गर्ने कार्यक्रम गरिएको सक्रिय युवा सितान्शु सिंहले बताएका छन् । दिप प्रजव्लन कार्यक्रममा उनले भने समाजिक संजाल फेसबुक, ट्विटर , इन्स्टाग्राम, फेसबुक पेज ब्लगमा फोटो पोस्ट गरौ । सबैले मानवता बिरोधि नरसंहार घटनाका लागि कृपया सक्दो बिरोध गरौ । कार्यक्रम रौतहटमा सक्रिय युवाको रुपमा रहेको शितान्सु सिंह , शशिकान्त साह(एसके साह), अरुन पटेल, आदर्श सहनी, प्रवीन यादव लगायतका युवाहरुको उपस्थित रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here